गुल्मीमा शताब्दी पुरुष पन्थीद्वारा ‘पुराणमा के छ ?’ नामक पुस्तक विमोचन



अनिष पन्थी


गुल्मी । गुल्मीका शताब्दी पुरुष पण्डित परशुराम पन्थी उपाध्यायले ‘पुराणमा के छ?’ नामक पुस्तक विमोचन गरेका छन् । एक कार्यक्रमका बीच सदरमुकाम तम्घासमा विमोचन गरिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका -९ का स्थानीय शताब्दी पुरुष पन्थीले विमोचन पुस्तक लाई नेपाली भाषामा उल्लेख गरिएको छ ।

राजनितीज्ञ छन्द बहाहुर पहराईले पुराणमा के छ भन्ने बिषयमा प्रकाश पारेका थिए । हामिले धर्म बलियो बनायौ भने बल्ल धर्मले हामिलाइ बलियो बनाउने जानकारी गराए । रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व प्रध्यापक शशी पन्थीले पनि पुस्तकको बारेमा प्रकाश पार्दै वृद्ध बृधा र जेष्ठ नागरिक हुँदा कार्यक्रमको शोभा बढने बताए ।

Jeewan and Rajan Tailors

शिक्षा दिने सन्दर्भमा जुन शुकै जातको मानिसले पनि शिक्षा लिन दिन सकिने बताए । वेद, पुराण, साहित्य प्रती अहिले बर्तमान अवस्थामा युवाहरुले पनि चासो दिदै गएको बताए ।

The Star Family Restaurant

रेसुङ्गा नगरपालिका-३ का कृष्ण बहादुर कुवरले लेखेको धार्मिक किताब पुराणमा के छ ? विमोचन समारोहमा स्थानीय सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

गुल्मी उद्योग संघ र मानव कल्याण बृदाश्रम समिति गुल्मीको आयोजनामा गरिएको कार्यक्रममा भर्चुअल माध्यमबाट काठमाडौको प्रगा भवनमा पनि सोही पुस्तक एकैपटक बिमोचन गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया