मेची-महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियानको ३४ औं कार्यक्रम रुपन्देहीमा सम्पन्न



अनिष पन्थी


गुल्मी । रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जागाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ ।

अभियानको ३४ औ कार्यक्रम आज भैरहवा, रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न भएको हो ।
गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले रुपन्देही सम्म आईपुग्दा देशका विभिन्न ३४ स्थानहरुमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Jeewan and Rajan Tailors

अभियान अन्तर्गत अवको कार्यक्रम कैलाली, बाके , सुर्खेत , दाङ , कपिलवस्तु , नवलपुर र चितवनमा कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुन बाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो ।

The Star Family Restaurant

उहाँले भन्नुभयो, “अहिले धेरै संख्यामा युवाहरु विदेशीनुभएको छ जसले गर्दा रगतको अभाव व्यापक छ । सोही कारण रक्तदान गर्न मिल्नेहरुका लागि रक्तदान उत्प्रेरणा जगाउनका यो अभियान थालेका हौं ।”
अभियानमा विभिन्न संघ संस्था, स्थानीय निकाय एवम सामाजिक अभियान्ताहरुको साथ र सहयोग रहँदै आएको उहाँको भनाई छ ।

अभियान अन्र्तगत विभिन्न विद्यालय तथा कलेजमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्नुका साथै र सम्भव भएको स्थानमा सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम पनि गरिँदै आएको संयोजक अधिकारीले बताउनुभयो ।

मेची-महाकाली अभियानको पश्चिम नेपाल यात्रामा सस्थाका अध्यक्ष अर्जुन अधिकारी , महासचिव अन्जन दवाडी , सल्लाहकार बालचन्द्र पोखरेल, सदस्य दिपक घिमिरे को उपस्थिति रहेको थियो । कार्यक्रम समापन भने २१ माघमा भरतपुर चितवनमा हुने जानकारी गराउनु भयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया