स्क्रावल काठमाडौँ मा पुन: बुद्ध गौतम



Live Gulmi


गुल्मी । स्क्रावल काठमाण्डौ को जिम्मेवारी पुन:बुद्ध गौतम लाई दिइएको छ। स्क्रावल क्लबको केन्द्रीय समितिको निर्णय अनुसार गौतमलाई काठमाण्डौ को अध्यक्ष बनाइएको केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुली बताए। गत माघ ४,५,६ गते काठमाडौँ मा आयोजित 4th international Scrabble championship गौतमको नेतृत्वमा सफल भएको थियो।

गौतमले केन्द्रीय समितिमा स्यमसेबक परिचालन संयोजक को जिम्मेवारी पाएका छन्। गौतम केन्द्रीय समितिमा गएपछि काठमाण्डौ क्लबको नेतृत्व कसले गर्ने भन्ने थियो तर केन्द्रीय समितिको निर्णअनुसार गौतमलाईनै काठमाण्डौको जिम्मेवारी दिइएको अध्यक्ष पराजुलीले बताए ।

स्क्रावल काठमाडौँलाई केन्दीय समितिको संरचना अनुसारनै समिति विस्तार गरेर यसलाई प्रभावकारी रूपले आफूले विस्तार गर्ने गौतमले बताए। अन्य पदाधिकारीको टुंगो भने पछि हुने काठमाण्डु क्लबको बैठकबाट टुंगो लाग्ने समेत गौतमले स्पष्ट पारे। उपाध्यक्ष, कोषाध्क्ष,सचिव लगायतको टुंगो आगामी बैठक बाट लाग्ने छ। नेपालमा आयोजना गरिएको 4th international Scrabble championship बाट Scrabble के हो भन्ने चासो सबैमा बढेकोले यसलाई सबै सामु लैजान आवश्य रहेको केन्द्रीय कोषाध्यक्ष पूर्ण बहादुर राना बताए।

देशका करिब ४० जिल्लामा Scrabble खेल पुगेको केन्द्रीय उपाध्यक्ष ध्रुव थापाले जानकारी दिए।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया