गुल्मी । गुल्मीका कान्छो ज्योतिष चुरामणी पाण्डे सम्मानित भएका छन । सेन्टर अप एस्ट्रोलोजीकल स्टडि रिसर्च पब्लिक वोयल फेयरको आयोजना र एसियन एस्ट्रोलोजर कन्ट्रेन ढाका, एस्ट्रोलोजिकल रिसर्च कृष्ण मुर्ति पद्दतिको सहा-अयोजनमा भारतमा भएको ३१ औं एसियन एस्ट्रोलोजर कन्फ्रेनसबाट सम्मानित भएका हुन ।
दक्षिण एसियालि ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय सदस्य कान्छो ज्योतिष पाण्डे उक्त कार्यक्रमको लागि केही दिन अगाडि बाट भारतमा थिए । उक्त सम्मेलनमा एसियाका विभिन्न स्थानबाट ज्योतिषको उपस्थिति रहेको थियो । यस्मा विभिन्न ज्योतिष समेत सम्मान भएका थिए । कान्छो ज्योतिष पाण्डे ‘” रुद्र भट गोल्डन मेडल तन्त्र बिध पदक” बाट सम्मानित भएका छन ।
गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरमा जन्मिएका उनी अन्लाईन मार्फत बिश्वभर ज्योतिष सेवा प्रदान गर्दै आएका छन । सम्मान बाट आफुलाइ धेरै हौसला र तन्त्र सेवामा लाग्न थप उर्जा प्राप्त भएको बताए ।
बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १४ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएका बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिष पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिने गरेका छन ।
दर्जनौ सामाजिक तथा धार्मिक संघ सस्थामा आबद्ध रहेर काम गरेका पाण्डेले सेवानै धर्म हो भन्ने मर्मलाई आत्मसात गर्दै शास्त्रानुकुल ज्ञानका आधारमा प्रचिन विधि अनुसार उचित सेवा प्रदान गर्दै आएका छन । केही बर्षदेखी ज्योतिष,वास्तु तथा तन्त्र क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएका पाण्डे अहिले सामाजिक कर्ममा पनि निरन्तर लागिरहेका छन।