मुसिकोटको शिद्धेश्वर गुफामा यज्ञ सम्पन्न



Live Gulmi


महेन्द्र कौशल, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामारहेको शिद्धेश्वर महादेव (गुफा) मन्दिरमा यज्ञ सम्पन्न भएको छ ।
सोमबार माघ ८ गते मुसिकोट नगरपालिका -५ अमलाबोटमा यज्ञ सम्पन्न भएको हो।

सधै दर्शनार्थीको घुइंचो लाग्ने शिद्धेश्वर महादेव मन्दिरमा भएको यज्ञ अहिले सम्मकै पहिलो यज्ञ भएको स्थानीय बताउछन।
प्रचार-प्रसार बाट थोरै पछाडी भएको मन्दिर आज भन्दा करिब २८ वर्ष पहिले सपनीमा दीक्षा दिएर बिपनिमा उल्था भएको मन्दिर हो। यस मन्दिरमा ढुंगाबाटै बनेका बाजागाजा(मादल,खैजडी,दमाह)लगायत शिवलिङ्ग, पंचमुखे शंख रहेका छन्। खैन्चौर र अमलाबोट गाउको बीच चमेरे खोल्साको नजिकै आफै उत्पन्न भएको सोहि गुफामा धेरै सत्यता लुकेको स्थानीय बताउछन्।

Jeewan and Rajan Tailors

सुन्दर, मनोरम तथा अद्भुत दृष्य रहेको मन्दिरमा हिजो मात्र भब्य यज्ञ सम्पन्न गरि भक्तजनहरुबाट भेटि संकलन गरिएको थियो। देश तथा विदेशबाट अमलाबोट बासि तथा स्वदेश विदेशमा छरिएर रहनुभएका भक्तजनहरुबाट संकलन भेटिबाट शिद्धेवर महादेव मन्दिरको बिकाश र व्यस्थापनमा खर्च गर्ने व्यहोरा मन्दिर व्यवस्थापन समिति अध्यक्ष रमेश चन्द्र खरेलले जानकारी दिनुभएको हो।

The Star Family Restaurant

यज्ञमा मन्दिर व्यस्थापन समितिका सम्पूर्ण सदस्य तथा टाडाटाडाबाट पनि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया