टोपलाल अर्याल, गुल्मी । गुल्मी बितरक संघ गुल्मीको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशसनबाट अध्यक्षमा बिष्णु प्रसाद अधिकारी, उपाध्यक्षमा युवराज पाण्डेय, महासचिवमा सुर्य प्रसाद घिमिरे, सचिवमा प्रेमनारायण घिमिरे, कोषाध्यक्षमा केशव अधिकारी र सहकोषाध्यक्षमा कमलप्रसाद पाण्डेय रहेका छन् ।
त्यस्तै सदस्यहरुमा चन्द्र प्रसाद श्रेष्ठ, बादल श्रेष्ठ, रामचन्द्र सुवेदी, काशीराम पाण्डेय, महेन्द्र ज्ञवाली, टंक प्रसाद अर्याल, सीता अर्याल र रामचन्द्र सुवेदी चयन भएको निर्वाचन अधिकृत बिजय पाण्डेयले जानकारी दिए । गुल्मी बितरक संघ गुल्मीको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनको प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले उद्घाटनले उद्घाटन गरेका थिए।
सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले कानुन बनाउने तहमा आफुहरु नभएपनि जिल्लाका पालिकाभित्र एकै किसिमको कर निर्धारण गर्न जिल्ला समन्वय, प्रशासन, पालिका र ब्यापारी सस्था तथा बितरकहरु मार्फत सहजीकरण गर्ने बताए । उनले नागरिकको गुणस्तरिय सामग्री उपभोग गर्न पाउने अधिकारलाई कुण्ठित नहुने गरेर व्यावसाय अगाडी बढाउन वितरक संघलाई आग्रह गरे ।
०७२ सालमा जेष्ठ बितरक रेमलाल पान्डेयको अध्यक्षतामा बसेको भेलाले गोमराज श्रेष्ठको संयोजकत्वमा संघ स्थापना भएको थियो । सघ ०७३ सालमा जिल्ला प्रशासन र ०७५ सालमा आन्तरिक राजस्व बिभाग र ०७६ सालमा नेपाल बितरक महासघमा दर्ता भएको हो ।
बितरक संघका निर्वतमान सचीव बिष्णु अधिकारीका अनुसार ०७३ सालको विभिन्न पहिरोबाट पीडित भएकाहरूलाई २० हजार ५ सय र कोभिडको बेला पत्रकार महासघ गुल्मीको अक्सिजन प्लान्ट अभियानमा ३० हजार सहयोग गरिएको छ । त्यो बाहेक बितरक संघले नाकाबन्दीका बेला इन्धन संकट समाधान गर्न कोटा सिस्टममा बितरकलाई इन्धन बितरणको ब्याबस्था, पालिकाहरुले उठाउदै आएको रिटेलिङ कर खारेजको माग गर्ने, कुरकुरे, भुजा र भद्दा सामानको सानो गाडीमा ढुवानी सहजीकरण, कोभिडमा जोखिम मोलेर विभिन्न ठाउँमा खाद्य ढुवानी गरिएको अधिकारीले बताए ।
व्यावसायीका गुनासै गुनासा
सभामा वितरकले आफुहरु माथिका पीडा पोखे । बितरक संघका सभासद काशीराम पान्डेयले कर तिरेर जनताको घरसम्म पुग्ने बितरकलाई राज्यले उपेक्षा गरेको बताए । उनले कर तिर्ने, रोजगार सृजना गर्ने र घरसम्म सेवा दिने बितरकलाई राज्यको मनलाग्दी दोहोरो कर लादिएको बताए । ब्याबसाय चौपट हुँदाको पीडाकाबिच स्थानीय सरकारपिच्छेका कर र अस्थिर नीतिले बितरक चपेटामा परेको पान्डेयले बताए । त्यस्तै चेम्बर अफ कमर्स गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पान्डेयले आर्थिक संकटको चपेटामा व्यावसाय र व्यावसायी परिरहेका बेला सरकारले उर्जाको साटो दुख दिइरहेको बताए । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले सरकारपिच्छेका नीति, संकटग्रस्त आर्थिक अवस्था, कम्पनीको व्यावहार र व्यावसायी तथा सेवाग्राहीको च्याँपुवामा वितरक परेको औल्याए । उनले पालिकाहरुको मनलाग्दी करको बिषयमा प्रशासनले सहजीकरण गर्न आग्रह गरे । वितरक संघका निर्वतमान अध्यक्ष गोमराज श्रेष्ठले सरकार व्यावसायीप्रति उदाशिन रहेको गुनासो गरे । उनले सरकार, बैंक, कम्पनी, व्यावसायी र सेवाग्राहीहरुको चपेटामा बितरक हुँदा पनि आफुहरु सेवा दिन बाध्य भएको बताए ।