अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक अर्याल



Live Gulmi


टोपलाल अर्याल,गुल्मी ।अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी गुल्मीको संयोजक उदयनन्द अर्याल भएका छन् । यस अघि संयोजक रहेका अनेरास्वावियुका नेता शोभाखर गिरी प्रदेश कमिटी सहसचिव भएपछि सम्मेलनको लागि नयाँ कमिटी बिस्तार गरिएको हो ।

संगठनको भेलाले अर्यालसहित विभिन्न व्यक्तिहरुको नयाँ जिम्मेवारी तोकिएको छ । कमिटीको सहसंयोजकमा आशिष गौतम र निलकण्ठ पाण्डेय रहेका छन् । कार्यालय सचिवमा निशान टण्डन र कार्यालय सदस्यहरुमा सरोज ढेंगा, प्रदीप भण्डारी, सृजना गिरी, नमूना थापा रहेका छन् ।

कमिटी सदस्यहरुमा इन्दु बन्जाडे, मनसुन विक, लक्ष्मी ज्ञवाली, यमुना ज्ञवाली, गणेश श्रेष्ठ, प्रदीप ज्ञवाली, सन्तोष सनारी, भरतमोहन मरासिनी, भगवती रायमाझी, बबिता थापा र निर्मला घिमिरे रहेकी छन् ।

भेलामा अनेरास्वावियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा, नेकपा एमालेका जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एमाले नेताहरु गणेश श्रीपाली, हिरा एसी, ओम कार्की, राजेन्द अर्याल, नविन अर्याल, शोभाखर गिरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया