शमशेर मियाँ हज समितिको अध्यक्षमा पुनर्बहाल



Live Gulmi


गुल्मी । नकल्ली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सामेल भएको अभियोग लागेका शमशेर मियाँको नेपाल हज समितिको अध्यक्षमा पुनर्बहाली भएको छ । उच्च अदालत, पाटनले माघ ३ मा शमशेरलाई समितिको अध्यक्षका रूपमा कामकाज गर्न गराउन अन्तरिम आदेश दिएको थियो। त्यसको भोलिपल्ट माघ ४ गते मियाँको पुनर्बहाली गरिएको हो ।

उनी पक्राउ परेपछि मकबुल मियाँ कार्यवाहक अध्यक्ष बनेका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा सामेल समूहले उनको गाडीलाई रकम ओसारपसारमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।

Jeewan and Rajan Tailors

जिल्ला अदालत, काठमाडौंले मियाँलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटीमा छुटेपछि पुस २९ गते उनी पुनर्बहालीको माग सहित उच्च अदालत पुगेका थिए ।

The Star Family Restaurant

न्यायाधीश रमेशराज पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि माघ ८ गते बोलाउन आदेश समेत दिएको छ। अदालतले छलफलको दिनसम्म मियाँलाई अध्यक्षको हैसियतमा काम गर्न नरोक्न भनेको हो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया