रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडानका लागि पहल



Live Gulmi


गुल्मी । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक चार उडानका लागि पहल गरिएको छ । यात्रुको चाप बढेपछि साप्ताहिक चार उडानका लागि पहल गरिएको हो ।

रेसुङ्गा विमानस्थलबाट साप्ताहिक दुई उडान गर्दै आएकोमा यात्रुको चापलाई मध्यनजर गर्दै उडान थप्न पहल गरिएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । हवाई यात्रामा विशेष गरी गम्भीर रोगका बिरमी, असक्त र जेष्ठ नागरिकले बढी सेवा लिएको तथ्यांक भएको नगरप्रमुख पन्थीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

जहाज सञ्चालनबाट गुल्मीको समुन्तिमा थप पहल भएको बताए । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो ।  यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो ।

The Star Family Restaurant

अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख पन्थीले जानकारी दिएका छन् । रेसुङ्गा विमानस्थलबाट  हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया