बुटवलमा जुट्दै इस्माली : इस्माली समाज रुपन्देहीमा नयाँ नेतृत्व



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । इस्माली समाज रुपन्देहीको अधिवेशनले कृष्ण बहादुर जिसीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा लोक प्रसाद खरेल, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे, उपाध्यक्ष गृष्मा कुँवर, सचिवमा राजिव अर्याल, कोषाध्यक्ष पुनाराम पोखरेल, सहसचिवमा पदम बहादुर घर्ती, सहकोषाध्यक्ष हरिलाल पैयानी चयन भएका छन् ।

साथै समाजको सदस्यहरूमा हरि गौतम, विमला कुँवर, राम बहादुर अर्याल, शिव बहादुर खत्री, गिता खत्री, रामलाल कुँवर, विष्णु बहादुर अधिकारी, प्रकाश अधिकारी र नेत्र प्रसाद अधिकारी निर्वाचित भएका छन् । निर्वाचन मण्डलका संयोजक लिलाधर मरासिनीले बताए ।

Jeewan and Rajan Tailors

अधिवेशनको गुल्मी क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य तथा एमाले केन्द्रिय सचिव गोकर्ण बिष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खगड बस्नेत, इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, गाउँपालिकाका संस्थापक अध्यक्ष लक्ष्मण बिष्ट, जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी, वडाध्यक्षहरु शेर बहादुर कुवंर, ज्योतिराज कुवंर, राजु बस्नेत, झविन्द्र अर्याल र ढाल बहादुर कुवंर तथा पुर्व जनप्रतिनिधीहरु, गुल्मी रुपन्देही सम्पर्क समाजका अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थ, राजनैतिक दलका स्थानीय तथा प्रदेश तहका नेताहरुको उपस्थिती रहेको थियो ।

The Star Family Restaurant

पुर्व अध्यक्ष बाबुराम गौतमले सांगठनिक र कोषाध्यक्ष राजिब अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै समाजले इस्माका सम्पूर्ण बर्तमान तथा पुर्व जनप्रतिनिधी, कर्मचारी, आजिवन सदस्य, युवा उद्यमी र पत्रकारलाई सम्मान गरेको थियो ।
साढे चार बर्ष अघि स्थापना भएको समाजले इस्माबाट बुटवलमा बसाई सरेर आएकाहरुको बिरामी पर्दा, पारिवारीक घटना, बिपद् लगायका कार्यमा सहयोग गर्ने काम गरेको समाजका प्रथम उपाध्यक्ष बिष्णुप्रसाद घिमिरेले जानकारी दिए । समाजमा अधिवेशनसम्म करिव साढे चार सय इस्माली आवद्ध छन् ।

साधारण सदस्य हुन इस्मामा पैतृक सम्बन्ध भएर संस्थामा २ सय रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै ५५ सय बुझाएर आजिवन सदस्य हुने व्यावस्था रहेको छ । अधिवेशनसम्म ३६ जना आजिवन सदस्य रहेको उपाध्यक्ष घिमिरेले जानकारी दिए । साथै ५१ हजारमा मानार्थ हुने व्यावस्था अनुसार अधिवेशनबाट प्रतिनिधी सभा सदस्य गोकर्ण बिष्ट र गाउँपालिका प्रमुख भगतसिंह खड्का मानार्थ सदस्य भएको घिमिरेले जनाए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया