अनिल खत्री, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभा सम्पन्न भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ५ सिस्तुङमा साधारणसभाको कार्यक्रम गरिएको थियो ।
धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफामा पर्यटकको संख्या बढाउने उदेश्यले सिस्तुङमा साधारणसभाको कार्यक्रम गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । साधारणसभाको अवसरमा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गुल्मी उद्योग वाणिज्य संघ व्यापारीहरुको संघ संस्था मात्रै नभएर सामाजिक कार्य गर्ने जिल्लाको एउटा महत्वपूर्ण संस्था रहेको बताए ।
उनले विगतमा यस संस्थाले समाजिक कार्यमा गर्दै आएको विभिन्न कामहरुको समेत स्मरण गराए । व्यापारीहरुको हक हितको तिम्न आवाज उठाउने देखि सामाजिक कार्यमा यसले गर्ने कार्यले यस संस्थाको गरिमा निकै प्रशंसनिय रहेको उल्लेख गरे ।
उनले पछिल्लो समय लगानी कर्तालाई हत्तोसाहित गर्ने गरि व्यवसायीहरुले अर्को व्यवसायीको बिरोध गर्ने गरेको बताए । त्यस्ता खालका क्रियाकलापकले कसैलाई पनि हति नगर्ने समेत उल्लेख गरे ।
सभाको अवसरमा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, उद्योग वाणिज्य संघ वलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले साधारणसभाको अवसरमा शुभकामना दिएका थिए । सभारणसभाको अवसरमा गुल्मी उद्योग वाणिज्य संघका महासचिव इश्वरीप्रसाद वेलवासे र कोषाध्यक्ष विष्णु अधिकारीको प्रतिवेदन छलफल समेत गरिएको थियो ।
सभाको अवसरमा जिल्लाका ३ जना युवा कृषकहरुलाई सम्मान गरेको छ । गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको अवसरमा इस्मा गाउँपालिका वडा नम्बर–३ का ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, धुर्कोट गाउँपालिका वडा नम्बर–५ का आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र मदाने गाउँपालिका वडा नम्बर–३ का प्रेम अर्याल सम्मान गरिएको हो ।
सम्मानित ३ जना कृषकलाई नगद प्रमाणपत्रले लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले सम्मान गरेका हुन् । कृषि पेसामा युवाहरुको आकर्षण बढाउन र उनिहरुको काममा थप उर्जा प्रदान गर्नको लागि सम्मान गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए ।
सम्मान हुने ३ जना कृषकहरु बिगत केहि वर्ष यता ग्रामीण क्षेत्रमा रहेर नमूना कृषकको रुपमा काम गर्दै आएका छन् ।