गुल्मीदरबार गाउँपालिकामा गाउँसभाकाे चौधौं अधिवेशन सुरु



Live Gulmi


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले गाउँसभाकाे चौधौं अधिवेशन सुरु गरेको छ । बिहीबारदेखि गाउँपालिकाले सभाहलमा चौधौं अधिवेशन सुरु गरेको हो ।

गुल्मीदरबार गाउँपालिका तथा गाउँसभा अध्यक्ष सराेजकुमार थापाले चौधौं अधिवेशन शुभारम्भ गर्नुभयो । त्यसलगत्तै गाउँ सभा सदस्य मुकेश थापाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी विधेयक २०८० सभामा पेश गर्नुभयो । उक्त विधेयक सम्बन्धी १५ दिनसम्म गाउँ सभा सदस्यहरुले राय सुझाव तथा संशोधन सम्बन्धी प्रस्ताव पेश गर्न सक्नुहुनेछ ।

Jeewan and Rajan Tailors

गाउँसभा सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले चालु आर्थिक वर्ष २०८०/०८१ काे हालसम्म भएको वित्तीय प्रगति प्रस्तुत गर्नुभयो । उहाँले गाउँपालिकाकाे कुल बजेट ४६ करोड ५५ लाख ४८ हजार भएकोमा आम्दानी १४ करोड ७२ लाख ५२ हजार भएको बताउनुभयो । उहाँले हालसम्म ८ करोड ८२ लाख १६ हजार खर्च भएको सभामा जानकारी दिनुभयो । जून खर्च कुल बजेटको १८.९४ प्रतिशत हो ।

The Star Family Restaurant

गाउँसभा तथा गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले चालु आर्थिक वर्षको हालसम्म गाउँपालिकाले गरेका मुख्य उपलब्धिहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।

उहाँले प्रस्तुत गरेका गाउँपालिकाका मुख्य मुख्य उपलब्धिहरु :

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया