मेची–महाकाली अभियानमा काठमाडौं-क्षेत्रमा : ब्लड डोनर्स सोसाइटी नेपाल



Live Gulmi


रगत व्यवस्थापनमा समन्वकारी भूमिका र रक्तदान गर्नका लागि उत्प्रेरण जगाउँदै आएको संस्था ‘ब्लड डोनर्स सोसाइटी नेपाल’ यतिबेला ‘मेची–महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान’ मा रहेको छ ।

गत पौष ७ देखि मेची पुलबाट सुरु भएको अभियानले यतिबेला पूर्वी नेपालका विभिन्न १६ स्थानमा र काठमाडौं जिल्ला क्षेत्रको तीन ठाउँमा गरि १९ बिभिन्न ठाउँमा रक्तदान सम्वन्धि उत्प्रेरणा कार्यक्रमहरु गरि अवको यात्रा पश्चिमतिरका आसपासका जिल्लामा रहेको संस्थाका अध्यक्ष तथा अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

उहाँले एक घर एक रक्तदाता भन्ने मुल नारा लिई समाजमा रगत सम्बन्धि चेतना अभिवृद्धि गराउने र रगत अभाव हुन बाट बचाउनका लागि युवाहरुमा सचेतता फैलाउने उद्देश्यले यो अभियान सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै संख्यामा युवाहरु विदेशीनुभएको छ जसले गर्दा रगतको अभाव व्यापक छ । सोही कारण रक्तदान गर्न मिल्नेहरुका लागि रक्तदान उत्प्रेरणा जगाउनका यो अभियान थालेका हौं ।” अभियानमा विभिन्न संघ संस्था, स्थानीय निकाय एवम सामाजिक अभियान्ताहरुको साथ र सहयोग रहँदै आएको उहाँको भनाई छ ।

The Star Family Restaurant

अभियान अर्न्तगत विभिन्न विद्यालय तथा कलेजमा गएर युवाहरुलाई रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्नुका साथै र सम्भव भएको स्थानमा सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम पनि गरिँदै आएको संयोजक अधिकारीले बताउनुभयो । अभियान पश्चिम महाकाली पुगेर समापन हुनेछ । काठमाडौं-क्षेत्रको अन्नपुर्ण माध्यमिक बिधालय र भक्तपुरका भक्तपुर च्याम्बर अफ कमर्समा १६औ र १७ औं साथै किर्तीपुरमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

ब्लड डोर्नस सोसाइटी नेपाल काठमाडौं जिल्लाका अध्यक्ष राजिब श्रेष्ठले यस्ता उत्प्रेरणा कार्यक्रम काठमाण्डौंको सबै स्थानिय निकायको समन्वयमा आगामी दिनहरुमा हरेक बिधालय र कलेजमा पनि गरिने जानकारी गराए। सक्षम ब्यक्तिहरुलाई तीन तीन महिनामा रक्तदान गराउन यस अभियानको मुख्य योजना रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया