खुकुरी युथ क्लबद्वारा बिद्यालय क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न बोर्ड राखियो



अनिष पन्थी


गुल्मी । गुल्मीमा खुकुरी युथ क्लबले ट्राफिक नियम सम्बन्धि बोर्ड राखेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका -८ स्थित रिडर्स पब्लिक हाइ स्कुल र सिद्दबाबा माध्यमिक बिधालय जाने चोकमा ट्राफिक नियम सम्बन्धि बोर्ड राखिएको हो ।

सडकमा बढदो तिब्र सवारीसाधनलाई न्यूनिकरण गर्ने उद्देश्यले चोकहरुमा ट्राफिक नियमका बोर्डहरु राखिएको खुकुरी युथ क्लबका अध्यक्ष सन्दिप भलामिले जानकारी दिए ।
सोही ठाउँमा दुई विद्यालय भएको र बिहानको समय र साझको समयमा बिद्यार्थीको चापलाइ हेरि दुर्घटना नहौस भन्न बोर्ड राखिको भलामिले जानकारी दिए ।

Jeewan and Rajan Tailors

बोर्ड राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तम्घास गुल्मी र कोब्रा ग्रुपले सहयोग गरेको खुकुरी युथ क्लबका सचीव निशान टन्डनले जानकारी दिए । बि.स‌. २०७९ मा तम्घासको खानिगाउँबाट स्थापना भएको कल्बले बिगतमा पनि धेरै समाजिक काममा सहयोग गर्दै आएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया