युडब्लूएस नेपालद्वारा गुल्मीमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सरोकारवालासँग छलफल



Live Gulmi


गुल्मी । युडब्लूएस नेपालले गुल्मीमा गुणस्तरीय शिक्षा प्रवर्द्धन र स्थानीय तहको भुमिका सम्बन्धी समिक्षा गरेको छ । नेपालका पिछडिएका तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शैक्षिक अवसर र पहुँच प्रदान गर्नका निमित्त स्थापित गैरनाफामूखी संस्था युडब्लूएस नेपालले गुल्मीको रेसुंगामा गुल्मीका जिल्ला तथा पालिका स्तरका सम्पूर्ण सरोकारवाला तहहरूलाई गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धन सम्बन्धी समिक्षा गरेको हो ।

कुल ८० जना सहभागी सो कार्यक्रममा गुल्मी जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि, साथै अन्य शैक्षिक सरोकारवाला निकायका व्यक्तित्वहरुको उपस्थितिमा युडब्लूएस नेपालको शैक्षिक परियोजना र कार्यक्रम तथा कार्यान्वयनका सन्दर्भमा जानकारी तथा छलफल गरिएको युडब्लूएस नेपालका कार्यक्रम प्रमुख अभिनाश झाले जानकारी दिनुभयो । उहाँले युडब्लूएस नेपालको स्थापना, उद्देश्य तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यसले संचालन गरेका परियोजनाहरुका उद्देश्यहरू तथा भावी योजनाहरु प्रस्तुत गर्नुभएकाे थियो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले शैक्षिक क्षेत्रमा तथा चेतनाको क्षेत्रमा अगाडी नै रहेको गुल्मी जिल्लामा पनि विदेशिनेको लर्को लागिरहेकोले यु डब्लू एस र गुल्मीका स्थानीय तहको समन्वयले त्यसलाई रोक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धनमा आउन सक्ने चुनौतीहरुको बारेमा छलफल गरि जिल्ला तथा पालिका स्तरका सरोकारवालाहरूको समेत सुझाव संकलन गरिएको थियो ।

The Star Family Restaurant

कार्यक्रममा युडब्लूएस नेपालको एक परियोजना अन्तर्गत लैङ्गिक मैत्री समावेशी वातावरण सिर्जना गरी विद्यालय शिक्षालाई सुधार गर्न जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा समावेशी कार्यदल गठन गरिएको छ। कार्यदलमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सदस्य सचिव, यु डब्लू एस नेपालले सहकार्य गरेका पालिकाहरुका प्रमुख/अध्यक्षहरु, उपप्रमुख/उपाध्यक्षहरु, युडब्लूएस नेपाल संस्था र सिद्धार्थ विकास केन्द्र संस्थाबाट एक एक जना प्रतिनिधि सदस्य रहने गरी समावेशी कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले आगामी दुई वर्षसम्म प्रत्येक छ महिनामा एक पटक बैठक बसी समावेशी र समतामूलक गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न स्थानीय तहको सरकारलाई सल्लाह सुझाव प्रदान गर्नेछ ।

कार्यक्रममा स्थानीय स्तरका सरोकारवाला निकायहरूले युडब्लूएस नेपालसँग सहकार्य गरी संचालनमा रहेका विद्यालयहरूमा लागू गरिएका आफ्ना मुख्य सिकाइ र उत्कृष्ट अभ्यासहरू समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन गर्दै युडब्लूएस नेपालका उपाध्यक्ष पद्मा कुमारी गुरुङले सम्पूर्ण सरोकारवाला निकायहरुलाई साथ र सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा थप सहयोग तथा समन्वयको अपेक्षा व्यक्त गर्नुभयो ।

युडब्लूएस नेपाल, मुडब्लूएस युकेको सहयोगमा आधारित हो । यो संस्था नेपालमा वि.सं. २००२ चैत्र (सन् २०१६) मा आधुनिक प्रविधि सहित अध्ययन-अध्यापन तथा सिकाई विधिको माध्यमबाट दुख्दराजका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउने महत्त्वकांक्षाका साथ गैरनाफामुखी संस्थाको रुपमा स्थापना भएको हो ।  नेपालका ग्रामिण भेगमा अवस्थित सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि काम गर्दै आएको संस्था यु डब्लू एस नेपालको प्रमुख उद्देश्य बालबालिकाहरुको लागि सुरक्षित कक्षाकोठा निर्माण र अध्ययनको निमित्त उत्प्रेरित गर्ने आधुनिक सुविधा तथा प्रविधियुक्त पूर्वाधारको विकास तथा व्यवस्थापन गर्नु हो । विद्यालय भवनले मात्र गुणस्तरीय शिक्षा दिन सकिदैन भन्ने हेतुले यु ढब्लू एस नेपालले रचनात्मक कक्षाकोठामा आवश्यक पर्ने स्रोतसाधनहरु, आधारभूत शैक्षिक उपकरणहरु, आवस्यकता बमोजिम शिक्षकहरुको व्यावस्थापन गर्न सहकार्य गर्नुका साथै आफ्नो शिक्षण फेलोशिप कार्यक्रम मार्फत दक्ष तथा प्रशिक्षित फेलोहरु अध्यापनको निमित्त स्थानीय सरकारको सहकार्यमा पठाउने गर्दछ ।

प्रारम्भकालदेखि यस संस्थाले संखुवासभा, गुल्मी र ताप्लेजुङमा सफलतापुर्वक ७६ वटा विद्यालयहरुमा ५०९ ओटा कक्षाकोठाहरु निर्माण गरिसकेको छ, फलस्वरुप १३,९२८ भन्दा बढी बालबालिका लाभान्वितहरुको रुपमा सूचीकृत भइसकेकाे बरिस्ठ शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिनुभयाे ।

अत्यन्त विकट समुदाय जहाँ बालबालिकाहरु गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुन्छन् त्यहाँ अवस्थित सामुदायिक विद्यालयको आधारभूत तहको भौतिक निर्माण तथा सन्चालन गर्न सहयोग गरेको उहाँले बताउनुभयो । विद्यालयमा ५ वर्षको सहकार्यको अवधि समाप्त भएपश्चात स्थानीय निकायलाई हस्तान्तरण गरी युडब्लूएसका उत्कृष्ट कार्यक्रमको निरन्तरताका लागि समय समयमा निरिक्षण र सुझाव समेत दिइएको उहाँले बताउनुभएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया