गुल्मीमा एकदिने नि:शुल्क आँखा शिविर सम्पन्न



Live Gulmi


वासुदेव पोखरेल, गुल्मी । गुल्मीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । मदाने आँखा उपचार केन्द्रको आयोजनामा  मदाने गाउँपालिका वडा नम्बर २ को बाझँकटेरी स्वास्थ्य चौकीमा एकदिने आँखा शिविर सम्पन्न भएको हो ।

बाझँकटेरी स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत मदाने आँखा उपचार केन्द्रको आयोजना तथा बाझँकटेरी स्वास्थ चौकी र बाझँकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर संचालन गरिएको बाझँकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

उक्त एक दिने आँखा शिविरमा १४७ जनाको नि:शुल्क आँखा जाँच गरिएको थियो । जसमा १०२ बर्सिय कुवारी सुनारको समेत आँखा उपचार गरिएको थियो । बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा तेह्र हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरेको थियो ।

The Star Family Restaurant

यस्तै उक्त आँखा शिविरमा १० जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएकाले उनीहरुको थप उपचारका लागी मदाने गाउँपालिका वार्ड नम्बर ६ मा अवस्थित मदाने आँखा उपचार केन्द्रमा पठाइएको र त्यहाँ उनीहरुको निशुल्क अप्रेसन हुने समेत बाझँकटेरी स्वास्थ्य चौकी इन्चार्ज थापा मगरले जिकिर गर्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया