गुल्मीको चन्द्रकोटमा २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो



Live Gulmi


गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका गुल्मीले मंगलबार २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास“ भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० मनाईएको हो ।

गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट एकसाथ मनाईएको उक्त कार्यक्रमको अवसर पारि गाउँपालिकाद्वारा पालिका भित्रका ८७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १ थान झोला, १ थान प्राथमिक उपचार बक्स वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्माले बताउनुभयो । चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माले सम्भवत जिल्ला मै आफहरुले गरेको कार्य पहिलो भएको बताउनुभयो । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई अत्यावश्यक पर्ने सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

उहाँ अनुसार वितरण गरिएको सामाग्रीले दुर्गम क्षेत्रका स्थानियलाई प्राथमिक उपचारमा राहात हुने बताउनुभयो । यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पनि पालिकाले गरेको कामको प्रशंसा गरेका छन । आगामी दिनमा पनि यस्तै कार्य गरि आफुहरुको मनोबल उच्च हुने उनिहरुको भनाई छ ।

The Star Family Restaurant

यस्तै प्रत्येक स्वास्थ्य संस्थाहरूबाट १र१ जना उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका छनोट गरिएको छ भने छनौट भएका महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई एक कार्यक्रम गरि सम्मान समेत गरिनेछ । साथै सोही अवसरमा लैङ्गिक हिंसा विरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम समेत सम्पन्न भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया