कलाकारितादेखी पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउदै  गुल्मीका सबिन



अनिष पन्थी


 गुल्मी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका जान्मिएर गुल्मीको रेसुङ्गा नगरपालिका ७ मा  बस्दै आएका सबिन क्षेत्री युटुब पत्रकारिता देखि कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका छन।  बिगत ९ बर्ष देखि कलाकारिता क्षेत्र हुँदै युटुब पत्रकारिता सहित सामाजिक सेवामा लागेका क्षेत्री अझैपनी निरन्तर कर्ममै छन ।

झट्ट हेर्दा युटुब पत्रकारलाई समजमा हेर्नी दृष्टिकोण नकारात्मक भए पनि सबिनले यस्को चिरफार गरेका छन  । सबिनले युटुबकै माध्यमबाट समाजमा घटेका घटनको जानकारी , दिन दुखिलाइ सहयोग , नया प्रतिभाको खोज गर्दै नया कलाकार समेत उत्पादन गरेका छन । गुल्मीका बाल कलाकार सचिन परियार लगायत नयाँ  प्रतिभालाई पहिलोपटक मिडियामा ल्याएर बिश्वसामु चिनाउदै इन्द्रेणी जस्ता चर्चित कार्यक्रम पुराउन सफल भएका छन।

गुल्मीकि अनिता खडकाको परिबारलाई सहयोग आर्थिक सहयोग गर्दै युटुब पत्रकारिताबाट पनि सहयोग जुटाएर उपचारको निमित्त सहजीकरण गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र समेत बनेका छन ।

गुल्मीकै ग्रामीण क्षेत्रमा एक्लै  बस्ने वृद्धहरुपाई समयसमयमा  सहयोग, लकडाउनमा काठमाडौ बागबजारको एक परिबारलाई सहयोग, काठमाडौकै अपांग समुहमा सहयोग  लकडाउनमा, सचिन परियार  र उनको परिबारलाई सहयोग, कष्ण ओली परिबारलाई सहयोग, बाबुराम खत्री लाई सहयोग गर्दै समाजमा राम्रो अस्तित्व कायम गरेका छन ।

( Jeevan rajan

यता समाजिक काम गर्दै कलाकारितामा प्रवेश गरेका सबिन नेपाली हास्य टेलि सिरियल  खल्लीबल्ली गुल्मीबाट उत्पादन गरि सुरुवात गरेका थिए ।  चिलिगान्टे नामको पात्रबाट सिरियल खेलेका सबिन सति जस्ता नामको आर्को सिरियल पनि खेले।
सिरियलमा निर्देशक, लेखक, तथा  अभिनय सहित भाग्य, आफनोपन, ”सोह्र दुना आठ” लगायतका सिरियलमा काम गरेका छन । गुल्मी जिल्लाबाट पहिलोपटक उत्पादन भएको नेपाली चलचित्र उधुममा समेत काम गरेका थिए । यस्तै  चर्चित गित  ओठ खोलेर, ठग्यो जिन्दगमिा अभिनय सहित लगानी गरेका उनले  ठमेल अशन जस्ता गितमा पनि अभिनय गरे ।

हान्छु ढुंगाले, सेतो कपास, म्याउ म्याउ बिराले, साइली सुलुत लगायत दर्जनौ भन्दा बढी गितहरुमा पनि  अभिनय गर्दै कलाकारिताबाट नै  धेरै अवार्डहरु पनि जितेका थिए ।
शुभद्रा फिल्मस प्रा लि बाट भाग्य सिरियलको सम्मान, दोस्रो गुल्मी महोत्सबमा कलाकार सम्मान ,  माघे सक्रान्ती मेला कलाकार सम्मान, तत्कालिन रेसुङा  टेलिभिजन बाट समेत  सम्मान पाएका थिए ।

उत्कृष्ट  लोक दोहोरी मोडलमा ” डेब्यु  ओएस नेपाल अवार्ड” ओठ खोलेर गितबाट पाएका थिए । सबिनले यति मात्र हैन   अन्य धेरै   करिब आधा दर्जन अवार्डहरु प्राप्त गरेका थिए ।
कर्म गर्दै आउने क्रममा तम्घासमा आयोजित रेसुंगा युथ फेस्टीबलमा मिडिया पार्टनरको रुपमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीबाट  सम्मान पाएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया