मुसिकोट नगरपालिकामा च्याउ खेती सम्बन्धी तालिम प्रदान



Live Gulmi


सूर्य सुनार, गुल्मी । मुसिकोट नगरपालिका ८ ले ४० जना किसानलाई च्याउ खेती प्रविधी तालिम प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷ ०८१ को नीति तथा कार्यक्रम अनुसार उक्त कार्यक्रम गरिएको वडाध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।

वडा भित्र व्यवसायिक रुपमा च्याउ खेती गर्न चाहेका कृषकहरुलाई तालिम दिइएको हो । तालिम पाएपछि किसान पनि खुसी भएका छन् । च्याउ खेती कसरी गर्ने, च्याउ खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु, च्याउमा रोग लाग्ने, कसरी रोगको समधान गर्ने भन्ने विषयमा तालिम दिइएको थियो ।

वडा कार्यालयको एक लाख बजेटमा ४० जना कृषकलाई २ दिन तालिम दिएको वडाध्यक्ष विश्वकर्माले बताए । मुसिकोट नगरपालिका ८ मा आफू निर्वाचित भएर आएपछि कृषिको क्षेत्रमा धेरै काम गरेको वडाध्यक्ष विश्वकर्माले बताए ।

पछिल्लो समय गाउँ छोड्दै विदेश जाने युवाहरुको संख्या बढ्दै गएको हुँदा वडा भित्र विदेश जाने जनशक्तिलाई यही टिकही राख्न सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया