सैनामैना । रुपन्देहीको सैनामैना–६, कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज (शुक्रबार) भएको खेलमा गुल्मी, नवलपुर,स्याङ्जा र बागलुङ जिल्ला सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गुल्मी र रूपन्देही विच भएको पहिलाे खेलमा २५–२१, १२–२५,२५–२०,२३-२५ र १५-९ को सेटमा रूपन्देही जिल्लालाई पराजित गर्दै गुल्मी जिल्लाले जित हात पारेकाे छ । दाेस्राे खेलमा २५-१०,२५-१४,२०-२५ र २५-१९ काे सेटमा नवलपरासीलाई पराजित गर्दै नवलपुरले जित हासिल गरेकाे छ ।
त्यस्तै पाल्पा र स्याङ्जा बीच भएकाे तेस्रो खेलमा ३४-३६,२५-१५,१८-२५ र १७-२५काे सेटमा पाल्पा जिल्लालाई प्राजित गर्दै आजकाे खेलमा स्याङ्जा विजयी भएकाे छ ।
बाग्लुङ र कास्की विच भएकाे चाैथाे खेलमा २५-१४, २५-२२ र २५-११ काे साेझाे सेटमा बाग्लुङ जिल्लाले जित हासिल गरेकाे छ ।
स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा जारी अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि जित्ने बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी, प्रमाणपत्र पाउने छन् । त्यस्तै सान्त्वना हुने टिमले नगद रु.२२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुले नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
भोलि (शनिबार) पहिलाे खेल नवलपुर -गुल्मी र दाेस्राे खेल स्याङ्जा-बागलुङ विच सेमिफाइनल खेल हुने खेल संयोजक विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो ।