अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा पत्रकार दिपक केसी बचाउ अभियान रकम हस्तान्तरण



अनिष पन्थी


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वाड नम्बर २ अमिले गहतेरा घर भएका  नेपाल पत्रकार महासंघ कपिलवस्तुका  सदस्य तथा सामुदायिक रेडियो शिवराज चन्द्राैटाका स्टेसन म्यानेजर तथा क्रियाशिल पत्रकार  दिपक के.सि. लाई  अकल्पनीय ब्लड क्यान्सर राेग देखिएछि उपचारको लागि आर्थिक सहयोग गरिएको छ ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया द्वारा अर्घाखाँची मालारानी २ विरेन्द्र शिक्षा क्यामपसमा एक अनौपचारिक कार्यक्रम गरि समाजसेवि बौद्धिक  व्यक्तिहरुको उपस्थितिमा  रकम हस्तान्तरण गरिएको हो ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण को प्रतिनिधित्व गरेर मालारानी २ डाँडाकटेरी ग्लोबल आईएमई बैंक का सन्चालक विनोद कुवंरले पत्रकार दिपक केसी कि आमा लाई रु १ लाख २५ हजार १११को  चेक हस्तान्तरण गर्नुभएको छ । हाल अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया का अध्यक्ष हिमाल खनाल रहनुभएको छ ।

( Jeevan rajan

यस सहयोग संकलन लाई कोरियामा रहेर अग्रता रुपमा खटेर लाग्नु भएका जिवन आचार्य,मिलन केसी,केपी भुसाल र टिकाराम आचार्य  रहनु भएको छ।

उक्त कार्यक्रमको समापन गर्दे अर्घाखाँची सम्पर्क मञ्चले पत्रकार दिपक केसी को स्वास्थ लाभको कामना गर्दै सहयोग गर्नेहरु प्रति धन्यवाद व्यक्त गरेको   समाजसेवी डाँडाकटेरी स्मार्ट युवा क्लबका वरिष्ठ उपाध्यक्ष मिलन केसीले जानकारी दिनुएको छ।

बाबुराम आचार्यले आयोजना गर्नुभएको कार्यक्रमको संचालन कमल पछाईले  गर्नुभएको थियो ।

सहयोग गर्ने व्यक्ति हरुको संकलन रकम र नाम यस प्रकार रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया