रेसुङ्गा सेवा समाजद्वारा देउसी भैलो खेलेर दुई मृगौलापीडितलाई ४० हजार सहयोग



Live Gulmi


टोपलाल अर्याल, गुल्मी ।  हाम्रो रेसुङ्गा सेवा समाजले देउसी भैलो खेलेर दुई उदाहरणीय काम गरेको छ । देउसी भैलो खेल्ले अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन् ।

तर, गुल्मीको हाम्रो रेसुंगा सेवा समाजले देउँसी र भैलो खेलेको ४० हजार रकम रेनपा ८ र ९ का दुई मृगौला पीडितलाई प्रदान गरेको छ । सेवा समाजले बुधबार रेनपा ८ कि ५८ बर्षीया पुतलीदेवि थापा र बिहिवार रेनपा ९ का ५३ बर्षका नारायण सुनारलाई २०/२० हजार प्रदान गरेको हो । रेनपा ८ का वडाअध्यक्ष निरन्जन थापाले दुबै मृगौला पीडित पुतलीदेबि सहयोग हस्तान्तरण गर्दै रेसुङा सेवा समाजले मान्छेमा सामाजिक भावना हराउँदै गएका बेला गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेर निकै प्रसंशायोग्य काम गरेको बताए ।

थापा आर्थिक अभावको कारण डाइलोसिस समेत गर्न नसकेर घरमै थलिदै गएकी छन ।  त्यस्तै रेनपा ९ का दुबै मृगौला पीडित नारायण सुनारलाई निबर्तमान वडाअध्यक्ष नारन सुनारले सहयोग रकम हस्तान्तरण गर्दै पीडितको परिवारमा सेवा समाजले पुराएको योगदानको उच्च प्रसंशा गरे । पीडित सुनारले दुई बर्षदेखि मृगौला डाइलासिस गरिरहेका छन । हाम्रो  रेसुङा सेवा समाजले महिला नेतृत्वसहित सामुदायिक कामको नमुना प्रस्तुत गरेको निबर्तमान वडाअध्यक्ष सुनारले बताए ।

bird conversation Add

सेवा समाजकी अध्यक्ष सरिश्मा नेपालीले लोककल्याणकारी काममा सहयोग पुराउने हिसाबले आफुहरु एकताबद्द भएर समाज मार्फत सामाजिक काममा लागेको बताइन । उनले देउसीभैलो खेलेपछी कला सस्कृतिको संरक्षणसंगै सामाजिक सहयोग हुने बताइन । सहयोग हस्तान्तरणमा जनप्रतिनिधि, समाजका पदाधिकारीसहित मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया