रेसुङ्गा समाजद्वार देउँसीभैलो खेलेको रकम मृगौला पीडितलाई प्रदान



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । अहिले पनि शहरका गल्ली र चोकमा देउँसी र भैलोको लहडले छेकिरहेका छन् । त्यसरी देउँसी भैलो खेल्ले अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन् ।

तर, गुल्मीको हाम्रो रेसुंगा समाजले देउँसी र भैलो खेलेर संकलन गरेको रकम मृगौला पीडित ५८ बर्षीया पुतलीदेवि थापालाई प्रदान गरेका छन् । सामाजिक भावना हराउँदै गएका बेला समाजले गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेपछि प्रसंसा कमाइरहेका छन् ।

Jeewan and Rajan Tailors

रेसुंगा समाजले ५ मंसिरमा खानीगाउँमा खेलेको देउँसीभैलोबाट खेलेर संकलन भएको २० हजार रुपैयाँ छोरा भुवन थापालाई प्रदान गरिएको समाजका अध्यक्ष सरिश्मा नेपालीले जानकारी दिइन् । समाजका दुखी गरिवका स्वास्थ्य समस्यामा सहजीकरण गर्ने उदेश्यले ०७९ सालमा स्थापना भएको समाजले विभिन्न समाजिक काम गर्दै आएको नेपालीले बताइन् । सहयोग रकम रेसुंगा नगरपालिका ८ का वडाध्यक्ष निरञ्चन थापा मार्फत पीडित परिवारलाई बुझाइएको हो ।

The Star Family Restaurant

सहयोग रकम पीडित परिवारलाई प्रदान गर्दै अध्यक्ष थापाले समाज देखाएको सामुदायीक भावनाले बिरामी गरिव बिपन्न परिवारलाई ठुलो सहयोग पुगेको बताए । उनले आगामी दिनमा समेत समाज र वडा कार्यालयबिच थुप्रै रचनात्मक काममा सहजीकरण गर्ने बताए । रेसुंगा नगपालिका–८ की ५८ बर्षीया पुतलीदेवि थापा डेढ बर्षदेखि मृगौला पीडित छन् ।

पाँच बर्षदेखि मुटुको समस्यासंग लड्दै आएकी थापामगरलाई पछिल्लो समय मृगौलाले थला पारेको छ । केहि समय अगाडी श्रीमान भिमबहादुर थापा मगर पनि दमको कारण बिते । त्यसपछि दुवै मृगौला फेल भएर बिस्तारामा जीवन कटाएकी पुतलीदेविको शरिर सुन्निएर बेहाल बनेको छ । तर, आर्थिक अभावका कारण डेढ बर्षदेखि मृगौलाको समस्या च्याँपेर बिस्तारामै मृत्युसंग थापा लडिरहेकी छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया