नेपालमा टिकटक प्रतिबन्ध



Live Gulmi


काठमाडौं । सरकारले नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् । उनले उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया सुरु भएको बताएकी छिन् ।

Jeewan and Rajan Tailors

टिकटक प्रतिबन्ध हुनेभएपछि यतिबेला पक्ष र विपक्षमा बहस भइरहेको छ । कतिपयले टिकटकले विकृति ल्याएकोले सरकारको चालेको कदम सहि भएको बताएका छन् । कतिपयले भने नियमनकाे सट्टा प्रतिबन्ध गर्नु सरकारको कमजोरी रहेको बताएका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया