गुल्मी । गुल्मीमा सन्चालन भएको प्रथम ऐतिहासिक गुल्मी महोत्सव दुई दिन थप गरिएको छ । दर्शकको चाप र भिडलाई मध्यनजर गर्दै महोत्सव बढाईएको हो ।
२५ गते समापन हुने महोत्सव कातिक २७ गते समापन गरिने उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए।महोत्सवको आज ११ औ दिन उपल्लोअ तम्घास सधाझै गुन्जयमान भएको थियो।
आज प्रमुख आकर्षकको रुपमा बहुचर्चित गायक घन्श्याम रिजाल,सपना गाहा,तिलक बसनेत,बिनोद बिस्ट्,टिकाराम पोख्रेल लगायतको प्रस्तुति रहेको थियो।
यस्तै भोलि हेमन्त शर्मा, खेम सेन्चुरी लगायतको प्रस्तुती रहने सास्कृतिक सम्योजक खुम खत्रीले जानकारी दिए । गुल्मी उद्योग संघले कार्तिक १५ देखि २७ गतेसम्म गुल्मीमा आयोजना गरेको महोत्सव संचालन भइरहेको छ ।