गुल्मी । गुल्मीमा लगानी सम्मेलन कार्यशाला गोष्ठी गरिएको छ ।उद्योग संघ गुल्मीको आयोजनामा प्रथम गुल्मी ऐतिहासिक महोत्सवको अवसर पारि लगानी सम्मेलन गोष्ठी गरिएको हो ।
लगानी सम्मेलन गोष्ठीमा पुर्व अर्थ राज्यमन्त्री उदय समशेर राणा, गणेश श्रीपाली, योगराज कंडेल र नवराज भुसाल प्रस्तुतकर्ताको रुपमा रहेका थिए ।
गोष्ठीका प्रस्तुतकर्ता नवराज भुसालले नयाँ पुस्ताका युवालाइ प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताए। जिल्लाको औद्योगिक सम्भावनाको बारेमा कुरा गर्दै जिल्लामा ३४ सय उद्योग दर्ता भएको बताए । आफुहरु उद्योगबाट रोजगार दिन चाहेपनी युवाहरु बिदेश जान थालेपछि कामदारको अभाव परेको बताए ।
भएको उद्योग सन्चालन हुन नसक्नु अहिलेको ठूलो समस्या भएको बताए । निर्माण हुन लागेका सरचनाबाट फाइदा लिने तरिकाले अगाडि बढनुपर्नेमा जोड दिए। गुल्मीमा जिपलाइन, बन्जी ,प्याराग्लाडिङ ,र्याफटिङ लगायतको संभावना रहेको बताए।
गोष्ठीमा गणेश श्रीपालीले पहाडी बिकास र राजनीतिक दलको भुमिकाको बिषयमा कुरा गर्दै धेरै भुभाग पहाडले ओगटेको कारणले पहाडको बिकास नगरी अन्य क्षेत्रको बिकास नहुने बताए । भौगोलिक बिकटता बिकासको मुख्य बाधक भएको बताए । अहिलेको युवामा चाहिएको जागिर नपाइने र पाइएको जागीर चित्त नबुझ्ने समस्या धेरै भएको बताए ।
प्राकृतिक स्रोतको बिक्री वितरणको लागि कानुन खुला गरानुपर्नेमा जोड दिए । उद्योग गरेर रोजगारी दिने व्यक्तिलाई सम्मान गर्नुपर्ने कुरामा समेत जोड दिए । प्रस्तुतकर्ता योगराज कंडेलले गुल्मीको परिचय , उद्योग र बाणिज्यको क्षेत्रमा लगानी ,रोजगारीको बारेमा धारण राखेका थिए । नेपालमा कमिसनलाइ गलत प्रवृत्तिले लिने चलन भएपनि कमिसन बिना उद्योग चल्न नसक्ने बताए ।
यस्तै प्रमुख अतिथि समेत रहेका उदय सम्सेर राणाले
ग्रामीण अर्थतन्त्र र राज्यको नीति बलियो हुनुपर्ने बताए । सिमित पुजि भएको देशमा भएको पुजिलाई पनि राम्ररी प्रयोग गर्न नसकिएकोमा दुख व्यक्त गरे । आर्थिक पूर्वाधार कमजोर भएको बताउदै रेमिटेन्सले अर्थतन्त्र धानेको उल्लेख गरे । सरकारले जलस्रोत उर्जा, पर्यटन, कृषि र सर्भिसको सेक्टरलाई प्राथमिकता राखेको समेत बताए ।
कार्यक्रममा उपस्थित सबैलाई गुल्मीको इस्मा गाउँपालिकाका गोकर्ण नेपालीले उत्पादन गरेको फुलको माला लगाएर नेपालीको उत्पादनलाई प्रोत्साहन गरिएको थियो ।
राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,उद्योगी र पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम गरिएको छ।उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षता र महासचिव सुदर्शन खनालको सन्चालनमा समपन्न भएको हो।