फोर्टिन स्टार कपको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न



Live Gulmi


गुल्मी । फोर्टिन स्टार युवा क्लवको आयोजनामा हुन गइरहेको ‘चौथो फोर्टिन स्टार कप–२०८०’ को पूर्वसन्ध्यामा गुल्मीमा शुक्रबार मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फोर्टिन स्टार युवा क्लव र पुल्चोक स्पोट्र्स क्लवबीच तम्घासको चिदिचौरमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

जसमा पुल्चोक क्लवले जित हाँसिल गरेको छ । फोर्टिन स्टार युवा क्लवले पौष ७ देखि १० गतेसम्म ‘जिल्ला स्तरीय माध्यमिक विद्यालय छात्र फुटबल’ प्रतियोगिताको आयोजना गरेको छ । जसमा कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने आयोजक फोर्टिन स्टार युवा क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए ।

Jeewan and Rajan Tailors

उक्त समयको शुक्रबार नै जिल्ला समन्वय समिति सदस्य एवं क्लवका सल्लाहकार शेर बहादुर विकले अनावरण गरे । फोर्टिन स्टार युवा क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस बर्ष पनि कार्यक्रम भव्यताका साथ सम्पन्न गराउन र बढीभन्दा बढी विद्यालय सहभागि गराउन सम्बन्धित सबैसँग आचार्यले आग्रह गरेका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया