आजदेखि मुसिकोट मेयर कप  सुरु हुँदै



Live Gulmi


सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनमा आजदेखि सुरु हुने प्रथम मुसिकोट मेयर कपको सम्पूर्ण तैयारी पुरा भएको छ ।

कप अन्तर्गत कार्तिक २२, २३ र २४ गते खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुँदैछ । मंगलबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूणर् तैयारी पुरा भएको जनाएको हो ।

Jeewan and Rajan Tailors

खेल क्षेत्रमा स्थापित गरी मुसिकोटको पहिचान विश्वव्यापी बनाउने र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

The Star Family Restaurant

मुसिकोट वडा नं ४ ग्वादिकाचौर खेल मैदानमा हुने कार्यक्रम बुधबार भोलि बिहान ११ बजे लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुषालले समुद्घाटन गर्ने तय भएको र समुद्घाटन खेल दिउँसो २ बजेदेखि सुरु हुने खत्रीले बताउनुभयो ।

समुद्घाटन खेल पोल १ बाट मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच हुनेछ । भलिबल प्रतियोगीतामा हालसम्म ९ समुहले नाम दर्ता गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अपेक्षा भन्दा कम सहभागीता भएको अध्यक्ष खत्रीले बताउनुभयो ।

कार्यक्रम सञ्चालनका लागि ६ लाख खर्च अनुमान गरिएको र नगर सभाबाट ५ लाख विनियोजन भएको भन्दै मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले बाँकी १ लाख अपुग रकम हिँउदे सभाबाट रकमान्तर गरिने जानकारी दिनुभयो ।

खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधि जित्ने समुहले नगद रु १ लाख ५० हजार कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय हुने प्रतियोगी समुहले नगद रु १ लाख रुपैयाँ कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

यो पुरस्कार राशि जिल्लामा अहिलेसम्म भएका भलिबल प्रतियोगीता मध्येकै सर्वाधिक राशिको पुरस्कार रहेको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष खत्रीको भनाई छ । खेलमा सहभागी हुने समुहलाई ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

रनिङ शील्डका लागि भने लगातार तिन पटक एउटै प्रतियोगी समुहले उपाधि जित्नुपर्नेछ । मुसिकोट नगर खेलकुद विकास समितिले कार्यालय स्थापना, राष्ट्रपति रनिङ शील्ड, भलिबल खेलाडी छनौट र वृक्षरोपण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको बताईएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया