भगवती आदर्श युवा क्लवको अध्यक्षमा गिरिराज पौडेल



Live Gulmi


अर्घाखाँची । भगवती आदर्श युवा क्लव छत्रदेव गाउँपालिका वडानम्बर ७ अर्घाखाँचीको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गिरिराज पौडेलको अध्यक्षातामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा चिरञ्जीवी पाण्डे सचिवमा झबिन्द्र प्रसाद पाण्डे, सह सचिवमा सूर्यप्रसाद पाण्डे कोषाध्यक्षमा यज्ञश्वर पाण्डे निर्वाचित भएका छन । त्यस्तै सदस्यहरूमा खिमलाल पौडेयाल, सावित्रा पाण्डे पन्थी,उमेश पाण्डे, लिलावति मगर, यमकला विक , दुर्गाप्रसाद पाण्डे रहनु भएको छ ।

Jeewan and Rajan Tailors

कार्यक्रममा समाजसेवि तथा बुद्धिजीवी जनार्जन पाण्डे, मनिराम पाण्डे, भोलानाथ पाण्डे, जगंबहादुर परियार र लोकनाथ पाण्डे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहजीकरण मोहोनप्रसाद पाण्डेले गर्नुभएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया