सवारी चालककाे स्वास्थ्य परिक्षण र सवारी मेकानिकल चेकजाच कार्यक्रम सम्पन्न



Live Gulmi


गुल्मी । स्वर्गद्वारी नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्र वडा न.३ ,आँखा अस्पताल भिङ्ग्री, र जिल्ला ट्राफिक कार्यालय देबिस्थानकाे समन्वयमा आज भिङ्ग्री जलुकेमा १ दिने सवारी चालककाे स्वास्थ्य परिक्षण र सवारी मेकानिकल चेकजाच कार्यक्रम सम्पन्न भएकाे छ।

स्वर्गद्वारी नगरपालिका वडा न-३ का वडा अध्यक्ष कृष्ण बहादुर राेकायकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय देबिस्थानका ट्राफिक प्रमुख चन्द्र केसी.प्रमुख अतिथि रहनु भएकाे थियाे। भिङ्ग्री ईलाका प्रहरी कार्यालयका ईन्चार्ज भक्त बहादुर सिन्जाली समेत अतिथि रहनु भएकाे उक्त कार्यक्रममा राेल्पा भालुबाङ्ग चल्ने सडक खण्ड भएर सडकमा गुडेका सवारीहरूलाई भिङ्ग्रीमा कार्यरत ट्राफिक माैसम जि. सी. र कर्ण बहादुर बिष्टले सवारी चालकलाई मित्रवत् व्यवहार देखाई सवारी चालकहरूलाई स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नु भएकाे थियाे।
स्थायी घर स्वर्गद्वारी नगरपालिका वडा न.-४, स्थित बर्ष ३१ का रमेश थापाकाे स्वास्थ्य परिक्षणबाट सुभारम्भ भएकाे उक्त कार्यक्रममा स्वास्थ्य चेकजाँच, आँखाकाे दृष्टि, बलड प्रेसर चेक भएकाे थियाे। झण्डै साना तथा ठुला सवारी चलाउने ५० जना सवारी चालकहरूले स्वास्थ्य परिक्षण गराउनु भएकाे र केहिकाे बाहेक धेरै जसाेकाे स्वास्थ्य स्थित राम्राे भएकाे भिङग्री आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिनु भएकाे छ।
त्यसैगरी जिल्लामा सवारी दुर्घटना न्युनिकरण गर्नकाे लागि र यात्रुहरूलाई बिशेषगरि चाडपर्वमा सुरक्षित गन्तव्यमा निर्धक्कका साथ पुराउनकाे लागि यस्ता कार्यक्रम आबश्यक रहेकाे जिल्ला ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिनु भएकाे छ। उहाँले सवारी चालककाे स्वास्थ्य परिक्षण र गाडीकाे मेकानिकल जाँच समेत गरेकाे जानकारी दिनु भएकाे छ ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया