मध्य रातमा गएको भुकम्पबाट ६४ जनाको मृत्यु



Live Gulmi


गुल्मी । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको  मृत्यु भएको हो ।

उनले बिहान ५ बजेसम्मको विवरण अनुसार रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको जानकारी दिए ।

Jeewan and Rajan Tailors

दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । जाजरकोटको लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरकाे भुकम्प गएको थियो । गुल्मी लगायत देशभर यसको धक्का महशुस गरिएको थियोे ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया