गुल्मी महोत्सवको दोस्रो दिन विभिन्न कलाकारद्वारा प्रस्तुति



अनिष पन्थी


गुल्मी । आज गुल्मी महोत्सवको दोस्रो दिन विभिन्न कलाकारद्वारा प्रस्तुत देखाइएको छ । गुल्मी उद्योग संघको आयोजनामा हिज अथार्त १५ गतेदेखि संचालन भएको प्रथम गुल्मी महोत्सवको दोस्रो दिन उपल्लो तम्घास गुन्जयमान भएको छ ।

महोत्सवको दोस्रो दिन राष्ट्रिय लोक तथा दोहोरी गायक श्रीस देवकोटा, लोक पप गायक कमल खत्री, हास्य कलाकार पुरसोतम भण्डारी ’पुर्खे बा’ को प्रस्तुति रहेको थियो । यस्तै स्थानीय कलाकार कमल काउछा,गगन सिङजालि ,लालुमाया कुँवर ,लक्ष्मी बस्नेत लगायतको उपस्थित रहेको थियो ।

Jeewan and Rajan Tailors

आज २५ सय टिकट बिक्री भएको र उत्साहजनक सहभागिता रहेको महासचिव सुदर्शन खनालले जानकारी दिए । यस्तै भोलीको आकर्षक कलाकारको रुपमा लोक तथा दोहोरी गायक बम बहादुर कार्कि, राम्जि खाण, गणेश अधिकारी, भुमिका गिरी लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ् । महोत्सव २५ गतेसम्म चल्ने छ । महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया