गुल्मीमा प्रथम गुल्मी महोत्सव सुरु



अनिष पन्थी


गुल्मी । गुल्मीमा आजदेखी प्रथम गुल्मी महोत्सव सुरु भएको छ । उद्योग संघ गुल्मीको आयोजनामा प्रथम गुल्मी महोत्सव सुरु भएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका –९उपल्लो तम्घासमा पहिलो पटक भएको महोत्सवको उद्घाटन रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले मेला महोत्सव बाट अर्थतन्त्र चलाएमान हुने बताए । आर्थिक गतिविधि चलाएमान बनाउन यि यस्ता मेला महोत्सव गरिनुपर्ने बताए ।

Jeewan and Rajan Tailors

जांउ हिड रेसुङ्गा अभियानलाई जोडेर महोत्सव संचालन गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए । “उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा” समुन्नत गुल्मीका लागि जांउ हिड रेसुङ्गा भन्ने मुल नारा सहित महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन शोभायात्रा सङ्गै तम्घास बजार परिक्रमा गरिएको थियो ।

The Star Family Restaurant

महोत्सवमा मदाने गाउँपालिकाको महिलाहरुको पन्चेबाजा सहित जिल्लाका अन्य स्थानका सराय, झाकी प्रदर्शन सहित लोक तथा दोहोरी गायक बैकुन्ठ महत, रामचन्द्र चन्द लगायत अन्य कलाकारको साङ्गेतिक प्रस्तुति रहेको थियो कार्यक्रममा गुल्मीका उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिएको थियो ।

त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर गुल्मीमा दुग्ध उत्पादन अभियान छेड्ने पूर्व सांसद कमलराज श्रेष्ठ, त्यस्तै पहिलो पटक तम्घासमा होटल सञ्चालन सुरू गर्ने र अहिले ९३ वर्षको उमेरसम्म पनि साहाकारी सापकोटा भोजनालय सञ्चालन गर्ने हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेर तत्कालिन र हालका पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुल्मी झिकाउन सक्ने समाजसेवीका रूपमा अशोक थापालाई सम्मान गरिएको थियो। आजदेखी सुरु भएको महोत्सव २५ गतेसम्म चल्ने छ ।

महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि २५ गतेसम्म निःशुल्क बसको समेत व्यवस्था गरिएको

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया