गुल्मी महोत्सवमा प्लाष्टिकजन्य फूल र खादा प्रयोग नगरिने



अनिष पन्थी


गुल्मी । गुल्मीमा भोलिदेखी हुने प्रथम गुल्मी ऐतिहासिक गुल्मी महोत्सवमा महोत्सव अबधिभर प्लाष्टिकजन्य फूल र खादा प्रयोग नगरिने भएको छ ।

स्थानीय स्तरमा पर्याप्त मात्रमा फुल भएपछि र पुस्प खेतिलाइ प्रोत्साहन गर्न प्लाष्टिकजन्य फूल र खादा प्रयोग नगरिने भएको आयोजक गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए।

Jeewan and Rajan Tailors

भोलि अर्थात १५ गतेदेखि २५ गतेसम्म हुने प्रथम गुल्मी ऐतिहासिक गुल्मी महोत्सवको तयारी सकिएको समेत आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

The Star Family Restaurant

जिल्लाको नगरपालिका ९ उपल्लो तम्घासमा हुने महोत्सवको तयारी सकिएको आयोजकले जनाएको छ । “उद्योग कृषि र पर्यटनमा उनिएको थुङ्गा” समुन्नत गुल्मीका लागि जाउ हिड रेसुङ्गा भन्ने मुल नारा सहित हुने गुल्मी महोत्सव पहिलो पटक उपल्लो तम्घासमा हुँदै छ ।

महोत्सवमा ३०० स्टल रहेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए । व्यापारी तथा कृषकको माग भइ आएपछि थप २० स्टल थप्ने तयारीमा रहेको भुसालले बताए। जिल्लाका सबै स्थानीय तहमा पुगेर सबैलाई महोत्सवको निम्तो दिएको आयोजकले जनाएको छ।

महोत्सव अवलोकन गर्न तम्घास बजार देखि उपल्लो तम्घास सम्म निशुल्क बसको व्यबस्था गरिएको आयोजकले जनाएको छ । ११ दिनसम्म चल्ने गुल्मी उद्योग संघको महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब ८ दर्जन कलाकारको सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ्। गुल्मी महोत्सवमा जिल्लाका स्थानीय कलाकारलाई बढि स्थान दिइएको छ। महोत्सव अवधिभर जिल्लाका ६७ जना र राष्ट्रिय कलाकार २३ जना रहने आयोजकले बताएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया