गुल्मीमा दसैं बिशेष सरायको रौनक



अनिष पन्थी


गुल्मी । गुल्मीका विभिन्न स्थानमा दशै विशेष सराय नाचको रौनक बढेको छ। जिल्लाका विभिन्न स्थानमा सराय नाचको रौनक बढदै गएको हो ।
जिल्लाको छत्रकोट गाउपालिकाको खड्कदेवी मन्दिर् ,इस्मा गाउपालिकाको ताल्तुङ, मालिका गाउपालिकाको अर्खावाङ ठुलाचौर, मालिका गाउपालिका ५ मा रहेको हुलाकघरमा सराय नाच् भएको छ । यस्तै रेसुङ्गा नगरपालिकाको उनाएचौर सहित बिभिन्न् स्थानमा पनि सराय नाच गरिएको छ ।

पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरुमा सराय नाच भइरहेको छ । खुँडा, भाला, तरबार, ढाँडलगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ ।

Jeewan and Rajan Tailors

पश्चिमको गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, स्याङ्जालगायतका जिल्लामा कोट, दुर्गा र कालिका मन्दिरहरुमा दशैंसँगै सराय नाचको विशेष महत्त्व छ । यी जिल्लाहरूमा दशैंको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् ।

The Star Family Restaurant

सराय नाचले सबैतिर रौनकता बढाएको छ । दशैं मनाउन घर फर्किएकाहरू सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्नेको यतिबेला भीड हुने गर्छ । गुल्मी, अर्घाखाँची पहाडी जिल्लाबाट तराइमा बसाइसराई गरेकाले पनि आफ्नो ठाउँ कपिलवस्तु, दाङ र रुपन्देहीमा सराय नाच हुने गर्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया