ऐतिहासिक प्रथम गुल्मी महोत्सवको तयारी तीव्र



अनिष पन्थी


गुल्मी । गुल्मीमा हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । कात्तिक १५ गतेदेखि २५ गतेसम्म हुने महोत्सवको तयारी स्वरुप काम अगाडि बढेको हो।

“उद्योग, कृषि र पर्यटनमा उनिएको थुङ्गा,समुन्नत गुल्मीका लागी जाउँ हिंड रेसुङ्गा” भन्ने मुल नारा सहित गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास खालाचौरमा हुने महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढेको उद्योग संघ गुल्मीका महासचिव सुदर्शन खनालले जानकारी दिए ।

Jeewan and Rajan Tailors

अहिले महोत्सव हुने स्थानमा स्टल निर्माणको काम भईरहेको खनालले बताए । महोत्सवमा करिब तीन सय स्टल रहने र ५० भन्दा बढी स्टल स्थानीयको लागि प्रयोग गरिने खनालले जानकारी दिए ।

The Star Family Restaurant

महोत्सवको लागि गुल्मीका विभिन्न पालिकामा पुगेर पालिकाका प्रमुख,उपप्रमुख एवं पालिकाका प्रतिनिधि एवं स्थानीयलाई महोत्सवको लागि निमन्त्रणा गरिएको उद्योग संघ गुल्मीका उपाध्यक्ष जनक पन्थले जानकारी दिए ।
उद्योग संघको महोत्सव नाम जस्तै ऐतिहासीक हुने संघका उपाध्यक्ष पन्थले जानकारी दिए । ११ दिनसम्म चल्ने गुल्मी उद्योग संघको महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा करिब ८ दर्जन कलाकारको सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ्।

महोत्सवको मुख्य उदेश्य तम्घासस्थान देवी भगवतीको ऐतिहासिकता,शक्ति र प्रबर्दन गर्नु रहेको आयोजकले जनाएको छ । तम्घासस्थान मन्दिर काठमाण्डौंको पशुपतिनाथ मन्दिरपछिको पश्चिम क्षेत्रको सबै ठूलो इतिहास बोकेको मन्दिर हो । रेसुंगा नगरपालिका वडा नम्बर-९ अर्जुन डाडाँको फेदीमा अवस्थित यस मन्दिरसँग भुरेटाकुरे राजासँगको इतिहास जोडिएको छ । विवाह गरेर यस क्षेत्रहुँदै दुलही लिएर जाने वा यस क्षेत्रमा दुलही भित्रायाउनेले अनिवार्य वलि दिने चलन रहेको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया