पाल्पामा तेस्रो दुर्घटना, ८ जना घाइते, २ जनाको अवस्था गम्भीर



Live Gulmi


पाल्पा । पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८  जना घाइते भएका छन । गुल्मीको मालिका गाउँपालिका छापाहिले देखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए।

घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको चापागाईंले बताए ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका-४ का ३९ वर्षीय दानबहादुर खत्रीको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्था भने खतरामुक्त छ। घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीपमा १४ जना सवार थिए।अन्यको अवस्था सामान्य छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै बिहान रम्भा गाउँपालिकामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। आइतबार बेलुकी कार दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। १ जना गम्भीर घाइते भएका थिए।

( Jeevan rajan

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया