नवरात्रको नवौं दिन भोलि तम्घासस्थान मन्दिरमा सेनाले सलामी अर्पण गर्ने



अनिष पन्थी


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा सोमबार अथार्त भोलि नेपाली सेनाद्वारा मन्दिरमा सलामी अर्पण गराइने भएको छ । बिजया दशमीको नवौं दिनको अवसर पारि नेपाली सेनाद्वारा सलामि अर्पण गराउन लागिएको हो ।

बिजया दशमीको अवसर पारी र सस्कृतिलाई जोगाउन मन्दिर परिसरमा सलामी अर्पण गराउन लगिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले जानकारी दिए।नेपाली सेना,नेपाल प्रहरी ,ससस्त्र प्रहरी बलको सयुक्त आयोजनामा सलामी अर्पण गराउन लागिएको वडाध्यक्ष पाण्डेले बताए । सलामी अर्पण कार्यक्रम १० बजेबाट सुरु हुने बताइएको छ ।

सोही स्थानमा कार्तिक १५ गतेदेखि २५ गतेसम्म उद्योग संघ गुल्मीको आयोजनामा प्रथम ऐतिहासीक गुल्मी महोत्सव समेत सन्चालन हुँदै छ। महोत्सवको तयारीपनि अन्तिम चरणमा पुगेको गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले जानकारी दिए ।

महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको आयोजकले जनाएको छ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया