दोस्रो वडाध्यक्ष कप भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता सम्पन्न 



Live Gulmi


काैरव खत्री,गुल्मी । मुसिकाेट नगरपालिका वडा न.२ मुसिकाेट गुल्मीकाे आयाेजनामा दोस्रो वडा अध्यक्ष कप भलिबल तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिताि शुक्रबार मुसिकाेट देउरालीमा सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे समापन समारोहलाई सम्वाेधन गर्दै प्रमुख अतिथि गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले वडाले निकै राम्रो र सकरात्मक कार्यक्रम सञ्चालन गरेकाेमा धन्यवाद दिनुभयो ।

Jeewan and Rajan Tailors

सम्पन्न भलिबल प्रतियोगिता तर्फ नगद २५ हजार,कप,मेडल र प्रमाणपत्र सहित मुसिकाेट नगरपालिका वडा ६ का एफोरआर गुरजाङ् गुल्मीले प्रथम पुरस्कार हात पारेकाे छ । भने त्यस्तै मुसिकाेट नगरपालिका वडा न. ५ आपचाैर भलिबल क्लवले नगद १५ हजार,कप मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार हात पारेकाे छ ।

The Star Family Restaurant

त्यस्तै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ पवन थापाकाे समुह प्रथम, विनिता परियार द्वितीय र मुसिकाेट युवा क्लव तृतीय भएकाे छन् । भने अन्सु परियारले सान्त्वना भएका छन् ।कार्यक्रमलाई आर्थिक सहयोग गर्ने चन्दादाताहरू विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउनेव्यक्ति तथा समुह सम्मान पत्र र मायाको चिनाेले सम्मान गरिएकाे थियोे । त्यस्तै प्रतियोगितामा विजेता समुह र उत्कृष्ट खेलाडी एवम् कलाकारहरू नगद र प्रमाणपत्रले सम्मान गरिएकाे थियो ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेल ” भन्ने मुल नारा सहित गत बुधबारदेखि शुरू गरिएकाे कार्यक्रम शुक्रबार सम्पन्न गरिएकाे थियोे ।

कार्यक्रम मुसिकाेट नगरपालिका वडा न.२ का वडाअध्यक्ष रविन्द्र केसीकाे अध्यक्षता तथा वडा सदस्य देब बहादुर रायमाझीकाे स्वागत मन्तव्यसगै शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने युवा समाजसेवी राेशनसिह ठकुरीले गर्नु भएकाे थियाे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया