महेन्द्र कौशल, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ इन्द्रेगौडा स्थित वरदान सामुदायिक शहरी स्वास्थ केन्द्रमा केहि समय अगि बनेको नयाँ पार्किङ स्थलमा करिब ३०/३० फिट लामो दुई वटा फलामको बेन्जी आज मात्र उद्घाटन भएको छ। दशैं लक्षित शुभकामना आदानप्रदान कार्यक्रम मै दानदाताहरुको सहयोगबाट बनेको दुई वटा बन्चि नगरपालिकालाई हस्तान्तरण तथा गरिब, निमुखा, अपांगता तथा दशैंमा चुलो सम्म बोल्न धौ-धौ हुने परिवारको लागि दशैं र तिहार सम्म पुग्ने रासन औपचारिक कार्यक्रमका बिच बितरण र दानदातालाई सम्मान गरिएको हो।
वडा नम्बर ५ धुमी निवासी हाल वैदेशिकका लागि बेलायतमा बस्दै आउनु भएका स्व.पिता शिवलाल खराल र माता मनकला खरालको सम्झनामा छोरा डिएन खराल र बुहारी मन्जु खराल र सोही वडाकै भुकुवामा बस्ने हरिलाल खरालले अगाडि रहेको एम्बुलेन्स पार्किङको कुना र छेउमा बार हुने गरि सेवा लिन आउने बिरामीहरुको भिडमा हुने बेथा र मर्कालाइ बुझेर करिब ५० जना मान्छे बस्न सक्ने फलामको बन्जी सौजन्य गर्नुभएको थियो। आउँदो दशैंमा चुलो सम्म बोल्न गठिन हुने करिब १३ घर परिवारको लागि खाद्यान्न सामाग्री समेत सहयोग गर्नुभएको थियो।
सोही कार्यक्रममा प्रमुख अतिथिका रुपमा आशन ग्रहण गर्नुभएका नगरप्रमुख जिवलाल खरेल जीवनले आउँदै गरेको दशैंको शुभकामना दिदै नगरपालिकामा भैरहेका कामका बारेमा बोल्दै चाडपर्वमा तडकभडकलाई न्यूनीकरण गर्नुपर्छ, कुनै पनी कार्यक्रममा अनावश्यक खर्च हुने खादा पनि बन्देज गर्दै आउनुपर्छ भन्नू भएको थियो। दशैं अगावै दानदाताहरुको सहयोगबाट चुलो सम्म बोल्न कठिन हुने परिवारमा रासन वितरण गर्न पाउँदा हर्ष उल्लास प्रकट गर्दै धन्यवाद समेत दिनुभएको थियो।
नारायण खरालद्वारा संचालन गरिएको कार्यक्रममा पार्किङ स्थल निर्माण समिति अध्यक्ष गोकर्ण राज पन्थीले बडा दशैंको शुभकामना दिदै स्थल निर्माणमा रहेका कठिनाइ सबै माझ पेश गर्नुभएको थियो। पार्किङ स्थल त बन्यो तर प्रसुति सेवा लिन आउने सेवा ग्राहीले सास्ती भोग्नु पर्ने कुरा आंकलन गरेर दानदाता डिएन खराल र हरिलाल खराल सङ्ग सम्झौता गरेको बताउनुभएको हो। सोही दानदाताबाट नै गरिब, अपांगता, एकल तथा दशैंका खान समेत धौ-धौ हुनेको परिवारलाई दशैं कोसेली स्वरुप रासन वितरण गर्न लागिएको कुरा पनि पन्थीले जानकारी गराउनु भएको हो।
नेपाली कांग्रेस जिल्ला समिति सदस्य समाजसेवि धिरेन्द्र के.सीले बडा दशैको शुभकामना ब्यक्त गर्दै दशैंको मुखैमा निकै राम्रो काम गरेको कुरा बताउनुभएको थियो। र अगामी कार्यक्रममा पहिले देखि दान गर्दै आउनुभएका दानबिरलाई पनि सम्मान गर्ने कुरा पनि मन्तव्यमा बताउनुभएको हो।
कार्यक्रम सभापतिका रुपमा मु.न.पा वडा नं. ५ का वडा अध्यक्ष ऋषिस्वर अर्यालले दशैंको शुभकामना बोल्दै दानदाताहरु, बेन्जि निर्माण समिति लगायत सहयोग गर्ने सबैलाइ खुशी ब्यक्त गर्दै धन्यवादका शब्द बोल्नुभएको थियो।
कार्यक्रममा वडा सदस्यहरु, कार्यपालिका सदस्य,पार्टि प्रतिनिधिहरु, बजार व्यवस्थापन समितिका सदस्यहरु, आमा समुहका अध्यक्ष तथा सदस्यहरु, प्रहरी चौकी प्रमुख तथा कर्मचारी, सहि स्वास्थ्य केन्द्रका पदाधिकारीहरु, पत्रकार लगायत विभिन्न तहबाट प्रतिनिधित्व गर्दै समाजसेवि तथा बुद्धिजिविहरुको सम्-उपस्थित रहेको थियो।