नवरात्रको पाँचौँ दिन आज गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो



अनिष पन्थी


गुल्मी । नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको हो ।

गुल्मीका धार्मिक शक्ति पिठ्मा पनि पुजाआर्जा गरि मनाइएको छ । गुल्मीको तम्घासस्थान्, अर्जुन् भगवति, धागिथुम्, जोगिथुम् लगाएतका स्थानमा पनि बिसेश् पुजाआर्जा गरिएको छ । गुल्मीका यी लगाएत अन्य धार्मिक स्थलमा आज पनि भक्तजनको घुइँचो थियो ।

हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

 

( Jeevan rajan

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया