गुल्मीमा प्रहरी अधिकृतसहित १६ जना पुरस्कृत



अनिल खत्री


गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १६ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट कार्य सम्पादन आधारमा जिल्ला भर रहेका मध्ये प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक किरण सापकोटा, प्रहरी सहायक निरीक्षक नवराज भट्टराई, प्रहरी सहायक निरीक्षकहरु भविश्वर बिक, कृष्णबहादुर थापा, रामविलास यादव, खुमा थापा रहेका छन् । त्यस्तै प्रहरी वष्ठि हवल्दार यमबहादुर थापा, प्रहरी हवल्दारहरु केशव दमाई, सुभाषकुमार नेपाली, हिमबहादुर सुनार, प्रहरी सहायक हवल्दार जैप्रकाश थारु देवबहादुर पुन,भेगबहादुर जिएम, प्रहरी जवान मिनबहादुर रास्कोटी र कार्यालय सहयोगी हेमराज बिष्टलाई पुरस्कृत गरेको हो ।

Jeewan and Rajan Tailors

पुरस्कृत हुने प्रहरी अधिकृत तथा जवानहरुलाई नगद सहित निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले सम्मान गरेका हुन् । दिवसको अबसरमा शहिद परिवारका श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो ।

The Star Family Restaurant

कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नयव उपरीक्षक डिल्लीनारायण पाण्डेले नागरिसँग सहकार्य गरेर आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढिरहेको बताए ।

दिवसको अवसरमा प्रहरीले साताव्यापी रुपमा विभिन्न रचनात्मक कार्यक्रम गरेको थियो । त्यस अवसरमा सहभागीहरु र विभिन्न ठाउँमा प्रहरी चौकी निर्माणमा जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया