गुल्मी । दशैं र तिहार लागयतका पर्वलाई लक्षित गरेर चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीको आयोजनामा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सुरक्षा निकायले कृत्रिम पूर्व अभ्यास गरेका हुन् ।
चाडपर्वको समयमा सडकमा हुने सवारी चाँप र दुर्घटनालाई केन्द्रित गरेर शुक्रबार रेसुङ्गा नगरपालिका ८ गर्जुरामा काल्पनिक नमुना अभ्यास गरिएको हो । नमुना अभ्यासमा सदरमुकाम तम्घासदेखि रेसुङ्गा जाने सडकमा सवारी दुर्घटना र यात्रु घाइते भएको देखाइएको थियो ।
अभ्यासमा खटिएका सुरक्षाकर्मी कति घाइते थिए भने केही डक्टरको भएको अभिनय मार्फत प्रदर्शन गरेको दृष्य देखाएका थिए । विपद भइसकेपछि उद्धारका लागि गाउँबासीलाई उनीहरुले गुहार गरे ।
सुरक्षाकर्मी सवारी दुर्घटनास्थलमा पुगेर घाइेतहरूलाई स्टेचर मार्फत सुरक्षित स्थानतर्फ लगेका थिए । सुरक्षा तयारीका साथ खटिएका सुरक्षाकर्मी घाइतेहरूलाई ओसार्न र प्राथमिक उपचार गर्न तल्लिन देखिन्थे ।
विपत् र चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई केन्द्रित गरी नमुना प्रर्दशन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनसभयो। नेपालीका चाडपर्वको समयमा कुनैपनि दुर्घटना नहोस् भन्ने प्रशासनले अपेक्षा राखेको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताउनसभयो।
नमूना अभ्यासमा गुल्मी जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, रेडक्रस लगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो । चाडपर्वको समयमा सडक दुर्घटनामा कमी,चालक तथा यात्रुलाई शिक्षा प्रदान गर्न नमूना अभ्यास गरिएको हो ।
आर्थिक वर्ष २०७९÷०८० मा ६ वटा सवारी साधन दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा २७ सवारी साधन दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको थियो ।
पछिल्लो तथ्याङ्क हेर्दा सवारी दुर्घटनामा केही कमी आएको छ ।