गुल्मीको इस्मा गाउँपालिकामा दुहुना गाई र भैंसी पाल्ने कृषकलाइ मासिक १० हजार



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्ने पालिकाभित्रका कृषकलाई १० हजार रुपैयाँ दिँदै आएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष ६ वटा कृषि फर्मलाई मासिक १० हजार रुपैयाँका दरले गाई भैंसी हेरालु खर्च भनेर रकम उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ४ वटा फर्मले ५ वटाभन्दा बढी दुहुना गाई र भैंसी पाल्दै आएको गाउँपालिका कृषि शाखा प्रमुख तुल्सी थापाले बताए । ती फर्मलाई गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

Jeewan and Rajan Tailors

गाउँपालिकामा दर्ता भएको नमुना कृषि तथा पशुपन्छी फर्ममा हाल ९ वटा दुहुना गाई रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको उक्त फर्मले अघिल्लो आर्थिक वर्षदेखि नै निरन्तर ५ वटा भन्दा बढी दुहुना गाई पाल्दै आएको छ । त्यस्तै वडा नम्बर १ मा रहेको गौरव कृषि तथा पशुपन्छी फर्ममा हाल दुहुना गाई र भैंसी गरी ९ वटा रहेका छन् । त्यस्तै वडा नम्बर ६ मा रहेको घिमिरे कृषि तथा पशुपन्छी फर्ममा पनि ९ वटा दुहुना गाई र भैंसी रहेका छन् । वडा नम्बर २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपन्छी फर्ममा ८ वटा गाई र दुहुना भैंसी रहेका छन् । यी फर्महरुले पनि आर्थिक वर्ष २०७९/०८० देखि नै गाई भैंसी हेरालुको रुपमा मासिक १० हजार लिदै आएका छन् ।

The Star Family Restaurant

गाउँपालिकाभित्रका कृषकहरूलाई कृषि र पशुपन्छीमा थप हौसला थप्नका लागि गाउँपालिकाले मासिक १० हजार रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले बताए । खड्काले कृषि र पशुपन्छीको क्षेत्रमा गाउँपालिकाले काम गर्ने खोजेका धेरै विषयमा नागरिक उत्साहित नभएको बताए । उनले अनुदानको अपेक्षा मात्र गर्ने, तर कामलाई व्यवसायीकरण गर्न नखोज्नु दुःखद रहेको बताए । काम गर्न खोज्ने व्याक्तिलाई गाउँपालिकाले निरुत्साहित नपार्ने उनले बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले गाउँपालिकाले प्रदान गरेको अनुदान किसानलाई सहयोग मात्रै भएको बताइन् । उनले भनिन्, ञउहाँहरुलाई हामीले गरेको काममा हाम्रो पालिका साथमा छ भन्ने अनुभूति मात्रै दिलाउन खोजेका छौ ।झ

व्यावसायिकरुपमा सञ्चालनमा आएका फर्महरुमा आफू स्वयं अवलोकन र अनुगमनमा समेत पुगेको र कृषकको मिहिनेत देखेर खुसी लागेको बताइन् । यस्तै उनले इस्मा दुधमा आत्मनिर्भर बन्दै गएको बताइन् । उनले भनिन्, ’स्थानीय स्तरमा हुने कार्यक्रममा दुध खपत गर्दा पालिका बाहिरबाट खरिद गर्नु परेको छैन, यो हाम्रो लागि सुखद पक्ष हो ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया