इजरायलमा रहेकी विद्यार्थी मनिषालाई मेयर पन्थीको फोन



Live Gulmi


गुल्मी । इजरायलमा हमासले गएको शनिबार गरेको आक्रमणमा परेर नेपाली १० जना बिद्यार्थीकाे मृत्युु भयो भने धेरै बिद्यार्थी घाइते भए । कैयौं बिद्यार्थीले बंकरमा २४ घण्टा भन्दा बढी समय बसे । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा गुल्मीकाे रेसुङ्गा नगरपालिका वडा नम्बर २ की मनिषा खनालले पनि अध्ययन गर्ने गरेको र उनी पनि इजरायल पुगेको जानकारी मेयर खिलध्वज पन्थीले पाउन साथ उनकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिन टेलिफोन सम्पर्क गरेका छन् ।

मनिषाले पनि आफू बंकरमा बसेर ज्यान सुरक्षित राखेको बताइन् । ‘नानी सन्चै छाैं म मेयर खिलध्वज पन्थी’ भन्दा मनिषाले रुँदै नेपाल ल्याउन आग्रह गरिन् । मेयर पन्थीले छिट्टै नेपाल ल्याउन सरकार लागेको र आफूले पनि दबाब दिने बताए । मनिषासँगै उनी सँग रहेका ३२ जना बिद्यार्थीलाई मेयर पन्थीले छिट्टै नेपाल ल्याउन संघीय सरकारसँग अनुरोध गरेको बताए ।

Jeewan and Rajan Tailors

मेयर पन्थीले सामाजिक सञ्जाल फेसबुक मार्फत मनिषाकाे स्वास्थ्य अवस्था र उनको आत्मबल बढाउन गरेको फाेनले सामाजिक सञ्जालमा अभिभावककाे भुमिका निर्वाह गरेको भन्दै उनलाई धन्यवाद व्यक्त गरिएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया