सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी



अनिष पन्थी


गुल्मी । सिटिजन लाइफ इन्स्योरेन्स तम्घास शाखाले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । मुसिकोट नगरपालिका वडा नं -०४ गुल्मीमा बस्दै आएकि फुलमती नेपालीको घरमा पुगेर भुक्तानी गरेको हो।

नेपालीको घास काट्ने क्रममा भिरबाट लडेर घटना स्थल मै असामाहिक निधन भएको थियो त्यसबापत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले घरमै पुगेर उनको श्रीमान अर्जुन बहादुर नेपालीलाइ मृत्यु दाबी भुक्तानी बापत २ लाख दस हजार प्रदान गरेको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मुसिकोट न. पा. वडा नं -०३, बडागाउँ गुल्मीले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा त्यस संस्थाका ऋणीहरुको सामुहिक बिमा गरे बापत उनले पनि त्यस संस्थाबाट ऋण लिने बेलामा आफ्नो बीमा गरेकी थिन।

यसरी दु:ख परेको बेला घरमै आएर सहजै रुपमा पैसा भुक्तानी गरेकोमा त्यस संस्थाका अध्यक्ष हरि प्रसाद छन्तेलले कम्पनीलाइ विशेष धन्यवाद दिएका छन। आगामी दिनमा सबैले बीमा गर्न आवश्यक रहेकोले छन्त्यालले बताए।

( Jeevan rajan

फुलमतिको मृत्यु पछि खबर गर्दा कम्पनीले तुरुन्तै उनको घरमा मृत्यु दाबी भुक्तानीको लागि कागज पत्र जुटाउन सहज भएको
संस्थाका प्रबधक विवेक पेमी मगरले बताए।
उनको मृत्यु दाबी भुक्तानी धेरै छिटो छरितो कुनै अफ्ट्यारो नभई आएकोमा कम्पनिलाइ बिशेष धन्यवाद समेत दिए।

बीमामा थोरै बचत गर्दापनि धेरै आर्थिक जोखिम बहनका साथै बचत पनी हुने भएकोले बीमा जरुरी भएको साथै अस्पतालमा उपचार गर्न नसकेर घरमै आएर बस्नुपर्ने अवस्था सिर्जना नहोस भनेर पनि जिबन बीमा अति आवश्यक रहेको तम्घास शाखा अपरेसन इन्चार्ज सुभाष न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तम्घास शाखा अपरेसन इन्चार्ज सुभाष न्यौपाने, साना किसान कृषि सहकारी संस्था लिमिटेड मुसिकोट न पा वडा नं -०३, बडागाउँ गुल्मीका अध्यक्ष हरि प्रसाद छन्तेल, त्यस संस्थाका प्रबन्धक विवेक पेमी मगर, त्यस संस्थाका उपाध्यक्ष, संचालक समिती सदस्यहरु, लेखा समिती सदस्य, शेयर सदस्यहरु साथै सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो भने कार्यक्रम साना किसान कृषि सहकारी संस्था लेखा सहायक दिनेश पुनको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया