गुल्मीमा एक वर्षमा ९० किलोमिटर सडक कालोपत्रे



Live Gulmi


गुल्मी । गुल्मीमा एक वर्षमा ९० किलोमिटर सडक कालोपत्रे  र १५५ किलोमिटर बाटो ग्राभेल भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमा गरी २४५ किलोमिटर माेटरबाटाे  कालोपत्रे र ग्राभेल भएको हाे । रेसुङ्गा नगरपालिकामा सबैभन्दा बढी सडक कालोपत्रे भएको छ । रेसुङ्गामा २३ किलोमिटर  सडक कालोपत्रे भएको छ भने ५ किलोमिटर  माेटरबाटाे ग्राभेल भएको हाे ।

रुरुक्षेत्र गाउँपालिकामा १८ किमि सडक कालोपत्रे भएको छ भने ३.९ किमि बाटो ग्राभेल भएको छ । यस्तै चन्द्रकाेट गाउँपालिकामा १३ किमि सडक कालोपत्रे भएको छ भने १ किमि बाटो ग्राभेल भएकोछ । इस्मा गाउँपालिकामा १० किमि सडक कालोपत्रे भएको छ भने ५१ किमि बाटो ग्राभेल भएको छ।

Jeewan and Rajan Tailors

मुसिकाेट नगरपालिकामा ९ किमि सडक कालोपत्रे  भएको छ भने २८.६३ किमि बाटो ग्राभेल भएको छ । धुर्काेट गाउँपालिकामा ९ किमि सडक कालोपत्रे भएको छ भने ३.२ किमि बाटो ग्राभेल भएको छ । कालिगण्डकि गाउँपालिकामा ५.३ किमि सडक कालोपत्रे भएको छ भने १४.५ किमि बाटाे ग्राभेल भएको छ । छत्रकाेट गाउँपालिकामा १.४ किमि सडक कालोपत्रे भएको छ भने २.८१ किमि बाटो ग्राभेल भएको छ ।

जिल्लाकाे सत्यवति,गुल्मीदरबार मदाने र मालिकामा कुनै पनि सडक कालोपत्रे नभएको गाउँपालिकाले बताएका छन् । तर मदाने गाउँपालिकामा ३५ किमि बाटो ग्राभेल भएको छ । यस्तै मालिकामा ८ किमि बाटो ग्राभेल भएको छ भने सत्यवति गाउँपालिकामा २.४ किमि बाटो ग्राभेल भएको छ र गुल्मीदरबारमा कुनै पनि सडक कालोपत्रे  र ग्राभेल नभएको गाउँपालिकाले बताएको छ ।
विभिन्न स्थानीय तहमा सडक कालोपत्रे भएका सडक र ग्राभेल भएको सडकका कारण सहज यात्रा र भाडा पनि कम हुँदा सहजता थपिएको स्थानीयहरु बताउँछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया