गुल्मीका ४१ वर्षीय एक पुरुषको लडेर मृत्यु



Live Gulmi


गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा धारामा पानी खाने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नं ४ ग्वादिकाचौरका ४१ वर्षीय सुख बहादुर कुमालको घर नजिकैको छिमेकीको धारामा पानी पिउन गएको अवस्थामा अकस्मात चिप्लिएर लड्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

Jeewan and Rajan Tailors

चिप्लिएर लडी गम्भीर घाईते भएका उनको तत्काल उद्धार गरी उपचारको लागी लैजाने तयारी हुँदै गर्दा घटनास्थलमा पुगेको कुर्घा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले मृत घोषणा गरेको वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
वामी प्रहरी चौकीको टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सकेको र मुचुल्का पछि शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पठाईएको उहाँले बताउनुभयो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया