गुल्मीमा माटोको ढिस्कोले पुर्दा प्यूठानका १७ वर्षीय किशोरको मृत्यु



Live Gulmi


गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुर्दा प्यूठानका १७ वर्षीय किशोरको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ मा माटोको ढिस्काेले पुर्दा प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डाेरबहादुर घर्तीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशाेर प्रधानले जानकारी दिए ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेल्बासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा माटाको ढिस्काेले काम गरिरहेका मजदुरलाई पुरेको थियो । घरको पिल्लर बनाउने क्रममा माथिबाट माटाेकाे पहिरो खसेको थियो ।

Jeewan and Rajan Tailors

घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया