गुल्मीमा पिल्लर बनाउने क्रममा ढिस्काेले पुर्दा १७ वर्षीय किशोरको मृत्यु



Live Gulmi


गुल्मी । गुल्मीमा पिल्लर बनाउने क्रममा ढिस्काेले पुर्दा १७ वर्षीय किशोरकाे मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

यस्तै, पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Jeewan and Rajan Tailors

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया